भारतकी युवा तथा खेलकुद राज्यमन्त्री खड्से त्रिवि शिक्षण अस्पतालमा

भारतकी युवा तथा खेलकुद राज्यमन्त्री खड्से त्रिवि शिक्षण अस्पतालमा


८ भदौ, काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् । शुक्रबार मस्र्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् ।

उनी घाइतेहरूलाई भेटेर मृतकका शव लिएर फर्किनेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको अवस्था बुझ्न र मृतकहरूको शव लिन भनेर पठाएकी हुन् ।

यसअघि हिजो पोखराबाट काठमाडौं आउने क्रममा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा बस दुर्घटना भएको थियो । त्यहाँ सवार २७ मध्ये घाइते भएका १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ र मन्त्री त्यही पुगेकी हुन् । मन्त्री खड्से सँगै भारतीय सांसद पनि आएको बताइएको छ ।

मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने भारतीय अखबार इन्डिया टुडेले उल्लेख गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर