समाचार
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
३ भदौ, काठमाण्डौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् । उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको कान्तिपुरलाई जानकारी दिए । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो । उक्त शिष्टाचार भेटमा..
परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
३ भदौ, काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको बताइएको छ । मोदीसँगको भेटवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले भनेकी छिन्-“भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्ध र यसको बहुआयामिक..
अस्ट्रेलियाका लागि राजदूत सिफारिस रिजालको नियुक्ति प्रक्रिया रद्द
३ भदौ, काठमाण्डौँ । सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको राजदूत नियुक्ति प्रक्रिया रद्द गरेको छ । इजरायलका लागि पूर्वराजदूत रिजाललाई अस्ट्रेलियाका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो । तर उनले इजरायलमा राजदूत हुँदा लगेका दुई सहयोगीहरु भागेर त्यही बसेको विषयमा इजरायल सरकारले नेपाल सरकारसँग आपत्ति जनाएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले राजदूत सिफारिस भइसकेकी रिजालको नियुक्ति प्रक्रिया रद्द गरेको हो । ‘परराष्ट्र मन्त्रालयबाट राजदूत सिफारिसको सूचीमा पठाउँदा रिजालको नाम थियो ।..
नेपाल प्रिमियर लिग आउँदो मंसिर १५ गतेदेखि हुने
३ भदौ, काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो । क्यानले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ । सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।
महावीर पुनले विक्री गरे १ लाख २५ हजारको किताब
३ भदौ, हेटौंडा । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख रहेका डाक्टर महाविर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना संचालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ । दुईसय दिनको अभियानमा पुनले २ हजार ८ सय ४० किलोमीटरको यात्रा पूरा गर्दै १ लाख २५ हजार वटा किताब बिक्री गरेका छ्न । कारखाना संचालनको लागि सरकारबाट पर्याप्त सहयोग नमिलेको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखानाको..
पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
३ भदौ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार..
आज रक्षाबन्धन, जनैपूर्णिमा: रक्षासूत्र बाँधेर मनाईदैँ
३ भदौ, काठमाण्डौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु..
साफ यू–२० च्याम्पियनसिप : श्रीलंकालाई हराएपछि नेपाल बलियो स्थितिमा
२ भदौ, काठमाडौं । दुई पल्टको च्याम्पियन नेपालले साफ यू–२० च्याम्पिनयसिपमा आइतबार विजयी सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समूह ए को खेलमा श्रीलंकालाई १–० ले हरायो । जितपछि नेपालको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालको तीन अंक भएको छ भने श्रीलंका शून्य अंकमा रह्यो । अब नेपालले बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । नेपालका जितमा नीराजन धामीले २४ औं मिनेटमा..
मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट बहिरङ्ग सेवा सुरु
२ भदौ, झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गर्नुभएको हो । अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताउनुभयो । “भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री..
यो सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो : प्रधानमन्त्री ओली
२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने दोहोर्याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमाले निकट नेपाल खेलकुद महासंघको कार्यक्रममा सम्बाेधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए । ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७