काठमाडाैं, २ बैशाख ।
२८ दिनअघि बेलायतबाट नेपाल आएका एकै परिवारका दुई जनामा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । उनीहरु काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकामा त्यहाँबाटै अस्पताल भर्ना भएका थिए ।
संक्रमितमा ५८ वर्षीय पुरुष र ८१ वर्षिया महिला रहेका छन् । आमा, छोरा र बुहारी तीन जना परिवारका सदस्यहरु मध्ये आमा र छोराको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो बुहारीको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबारमात्रै र्यापिड टेष्टका क्रममा उनीहरुमा एन्टीबडी पोजेटिभ देखिएपछि तत्काल पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
संक्रमितहरु नेपाल आएको उडानमा सँगै रहेका यात्रुहरुको विवरण संकलन र सम्पर्कदेखि उनीहरुसँग सम्पर्कमा आएका सबैको ट्रेसिङ सुरु गरिएको मन्त्रालयले जनाएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७