समाचार
बर्षातले अगुवा धानबालीमा क्षति
३ कार्तिक, झापा । यो वर्ष अत्याधिक पानी परेको कारण झापाका कृषकले लगाएका अगुवा धानबालीमा क्षति पुगेको छ । केही काटेका धान भिजेका छन् भने केही काट्नलाई तयार पारिएको धान काट्न नपाउँदा खुरीएको छ । विशेष गरी रामधान, हर्दिनाथ–१, चैते–५, जिरामसिना लगायतका धानहरुमा क्षति पुगेको कृषकहरुले बताएका छन् । निरन्तर भएको वर्षाका कारण झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा नगर विकास सहकारीले बीउ उत्पादनका लागि तयार पारिएको हर्दिनाथ–१, चैते–५ र रामधानमा ४०..
कमलमा बसको ठक्करबाट एकको मृत्यु, बसमा आगजनी
३ कार्तिक, झापा । झापाको कमल गाउँपालिका स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसाहरू समेत फुटाएका छन् । कमल गाउँपालिका–५ स्थित रबी पेट्रोल पम्प अगाडि आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशा तर्फ जाँदै गरेको को..
संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोड राहत रकम
२ कार्तिक । गत असोज १२ गतेको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका..
बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी, ४० लाख बराबरको क्षति
२ कार्तिक, झापा । झापको बिर्तामोड नगरपालिका १ को कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड–१ स्थित बरपिपल चोकमा नेक मोहमदले संचालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र..
चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु
२९ असोज, इलाम । सोमबार राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको..
६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी मातृभूमि फर्किए
काठमाडौं । शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिब ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन् । अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ४० हजार अफगान शरणार्थी घर फर्किएको बताएका हुन् । करिब ६ लाख ५० हजार शरणार्थीहरू इरानबाट फर्केका छन् । ८० हजार पाकिस्तानबाट र बाँकी १० हजार टर्किएबाट घर..
भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न साइबर ब्युरोलाई पत्र
२१ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो । कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता छैनन् । दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह..
जेठ देखि हराइरहेका युवको कंकाल फेला
२१ असोज, झापा । गत जेठ १५ गतेदेखि हराइरहेका झापा बाह्रदशी गाउँपालिकाका २१ वर्षीय राजेश हजामको कंकाल फेला परेको छ । बाह्रदशी–७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा कंकाल फेला परेको जनाइएको छ । केही दिनदेखि हजामको शव खोजी गर्न प्रहरीले जेसिवी प्रयोग गरेर खोजिरहेको थियो । प्रहरीले पहिले एउटा घरमा उत्खनन् गरेको थियो भने आज विरिङ खोलामा जेसिवी प्रयोग गरेर शव खाज्ने क्रममा फेला पारेको हो । प्रत्यक्षदर्सीका..
सरोकारवाला निकायको वेवास्ताले मेची राजमार्ग ४ दिन देखी अवरुद्ध
२१ असोज, इलाम । सरोकारवाला निकायले बेलैमा वास्ता नगर्दा मेची राजमार्गको इलाम राजदुवाली खण्डमा सडक भासिएर राजमार्ग अवरुद्ध छ । राजदुवालीमाथी माईखोलाको भित्तामा बर्षै अगाडी देखी सडक भासिन सुरु गरेको थियो । त्यसलाई रोक्न करोडौँ रकम खर्चेर नयाँ प्रविधीको प्रयोग गरिएपनि सडक भासिने रोकिने क्रम रोकिएको थिएन । त्यसैले सडक डिभिजन कार्यलय इलामले करिव दुई बर्ष यता न सडक मर्मतमा चासो दियो नत बैकल्पिक सडक निर्माणमा नै चासो दिएको थियो..
एमाले चुलाचुलीको अधिवेशनः अध्यक्ष र उपाध्यक्षमा निर्वाचन, सचिव र उपसचिव सर्वसम्मत
२० असोज, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीको अध्यक्षमा देउमान गिरी निर्वाचित भएका छन् । असोज १८ र १९ गते भएको अधिवेशनमा उनले अर्का अध्यक्ष पदका उम्मेद्धवार रणबहादुर लिम्बुलाई हराउदै निर्वाचित बनेका हुन् । निर्वाचित गिरीले ८३ मत प्राप्त गर्दा लिम्बुले ७१ मत प्राप्त गरेका थिए । गिरी २०८९ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं. ३ को वडाध्यक्ष पदका उम्मेद्धवार बनेर पराजित बनेका थिए भने लिम्बु..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७