सन्दकपुर गाउँपालिका–२ मा ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको कार्यक्रमबाट तालिम संचालन गरिएको थियो। वडा नं २ को आयोजनामा सुरु भएको तालिम आगामी सनिबार सम्पन्न भएको हो । तालिमलाई माउन्टेन एकाडेमीको प्राविधिक सहयोग र सन्दकपुर हिल्स ट्राभल्स एड रिसर्च सेन्टर प्रा लि र ट्रेक ८५८६ को समन्वय रहेको थियो । “कृषि, पशुपालन,जडिबुटी, प्राकृतिक श्रोत र जातजातिको सस्कृति, पर्यटनको..

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

४ असोज, काठमाडौँ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । यस्तै असोज २४ गते फूलपाती..

मेटमणि चौधरीले दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी छ; झलनाथ खनाल

१ भदौ, काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गरेका छन् । उनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै चौधरीविरुद्ध कारबाहीको माग गरेका हुन् । चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत गरेका छन् । यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा..

संसदीय समितिको किटान: सहकारीको बचत अपचलनमा रवि जिम्मेवार, कारबाही सिफारिस

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । समितिका सभापति सूर्य थापाले सोमबार सभामुख देवराज घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा सहकारीको रकम अपचलनमा रविको भूमिका देखिएको उल्लेख छ । पहिले प्रतिवेदनमा लेखिएको भाषा हेरौं । प्रतिवेदनमा उल्लेख छ : ‘‍‍‍‍….सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि..

दुई बडिगार्ड, एक म्यानेजर सहित डली चायवाला नेपाल आउदै

२८ भदौ, काठमाडौं । माइक्रोसफ्ट संस्थापक तथा अर्बपति बिल गेट्ससँगको एउटा फोटो र भिडियोले आफ्नो जीवन बदलिएला भनेर डली चायवालाले सायदै सोचेका थिए । भारतको नागपुरस्थित सडकमा चिया बेच्ने यी ‘भाइरल म्यान’ यतिबेला सामाजिक सञ्जालदेखि विदेशी मिडियाका शीर्षक बनिरहेका छन् । डली चायवाला नामले चिनिने सुनिल पाटिलको रवाफ यतिबेला लोभलाग्दो छ । एकाएक भाइरल बनेर छाएका उनी भदौ ३१ गते नेपाल आउने भएका छन् । भिडियो सन्देश जारी गर्दै उनले..

गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला

२८ भदौ, झापा । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ । स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज..

दयाहाङ राई समुदायको हिरो की नेपालीको ?

२७ भदौ, काठमाण्डौँ । अभिनेत्री पूजा शर्माले ६ महिना अगाडि दिएको अन्तरवार्ताको एउटा क्लीप अहिले भाइरल छ, जसमा उनले ‘सामुदायिक एकता’ को विषयमा टिप्पणी गरेकी छन् । अभिनेता दयाहाङ राईलाई आफ्नो समुदायले टेवा दिएको तर आर्यन समुदायमा त्यस्तो ‘युनिटी’ नरहेको निष्कर्ष उनको छ । एक युट्युब पोडकास्टमा उनले भनेकी थिइन्, ‘हामीहरुको फिल्म विदेशमा बिक्न कति गाह्रो छ । तर, दया दाइहरुको फिल्महरु के हुँदो रहेछ भने कस्तो मज्जाले उनीहरुको युनिटी..

डेङ्गी सङ्क्रमणबाट झापामा दुईको मृत्यु, प्रदेशभर १ हजार ६५ जना सङ्क्रमित

२४ भदौ, झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।..

कित्ताकाट खुलाउने तयारीमा सरकार

२४ भदौ, काठमाण्डौँ । देशभरका अधिकांश स्थानीय सरकारले भू-उपयोग नीति नबनाउँदा ती पालिकामा जग्गा कित्ताकाट रोकिएको छ । संघीय सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न भनेको थियो । तर, अधिकांशले यसलाई पालना गरेनन् । कित्ताकाट ठप्प भएसँगै सरकारले पुनः पालिकाहरूलाई जग्गा वर्गीकरणको समय थप गर्न भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको मन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकारीको भनाइ छ । कित्ताकाट..

जामुनखाडीको वन्यजन्तुलाई दैनिक आहाराको समस्या

२३ भदौ, झापा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा तीन वर्षअघि स्थापना गरिएको कोशी प्रदेशकै पहिलो प्राणी उद्धार केन्द्रमा रहेका वन्यजन्तुलाई दैनिक आहाराको जोहो गर्न आर्थिक समस्या भएको छ । कोशी प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोड लगानीमा बनेको उक्त आधुनिक उपचार केन्द्रमा दुई दर्जनभन्दा बढी विभिन्न प्रजातिका पशुपक्षीलाई व्यवस्थित गरेर राखिएको छ । सामुदायिक बनले आम्दानी घटेको उल्लेख गर्दै वन्यजन्तु पाल्न धौ धौ परेको जनाएको..