समाचार
डेङ्गी सङ्क्रमणबाट झापामा दुईको मृत्यु, प्रदेशभर १ हजार ६५ जना सङ्क्रमित
२४ भदौ, झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।..
कित्ताकाट खुलाउने तयारीमा सरकार
२४ भदौ, काठमाण्डौँ । देशभरका अधिकांश स्थानीय सरकारले भू-उपयोग नीति नबनाउँदा ती पालिकामा जग्गा कित्ताकाट रोकिएको छ । संघीय सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न भनेको थियो । तर, अधिकांशले यसलाई पालना गरेनन् । कित्ताकाट ठप्प भएसँगै सरकारले पुनः पालिकाहरूलाई जग्गा वर्गीकरणको समय थप गर्न भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको मन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकारीको भनाइ छ । कित्ताकाट..
जामुनखाडीको वन्यजन्तुलाई दैनिक आहाराको समस्या
२३ भदौ, झापा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा तीन वर्षअघि स्थापना गरिएको कोशी प्रदेशकै पहिलो प्राणी उद्धार केन्द्रमा रहेका वन्यजन्तुलाई दैनिक आहाराको जोहो गर्न आर्थिक समस्या भएको छ । कोशी प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोड लगानीमा बनेको उक्त आधुनिक उपचार केन्द्रमा दुई दर्जनभन्दा बढी विभिन्न प्रजातिका पशुपक्षीलाई व्यवस्थित गरेर राखिएको छ । सामुदायिक बनले आम्दानी घटेको उल्लेख गर्दै वन्यजन्तु पाल्न धौ धौ परेको जनाएको..
दमकमा गाई मारेको आरोपमा ४ जना पक्राउ
२३ भदौ, झापा । झापाको दमकमा भएको गौहत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन । उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा..
कर्जाको माग नबढेपछि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
२३ भदौ, काठमाण्डौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिने क्रम रोकिएको छैन । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । यहीकारण तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर..
चेक बाउन्स मुद्दामा १ महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने
२३ भदौ, काठमाण्डौँ । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद,..
वडाध्यक्षको छोराको मोटरसाईकल दुर्घटनामा निधन
२२ भदौ, इलाम । इलामको सूर्योदय नगरपालिका–७ का वडाध्यक्ष एलबी राईलाई पुत्रशोक परेको छ । झापाको बुट्टावारी स्थित पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा २६ बर्षिय दिपाङकर राईको निधन भएको हो । घाइते बनेका राईको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । गत भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टि–इस्टेट नजिकै पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १० प ३५४४ नंम्बरको..
इलाम जिल्ला अदालत कार्य सम्पादनका आधारमा देशभरमा तेस्रो
२२ भदौ, इलाम । गत आर्थिक वर्ष २०८०।८१ मा इलाम जिल्ला अदालत देशभरमा तेस्रो भएको छ । सर्वाेच्च अदालतले कार्य सम्पादनका आधारमा गरेको मूल्यांकनमा देशका ७७ जिल्ला अदालतमध्ये इलाम तेस्रो बन्न सफल भएको हो । गत आवमा संख्याका आधारमा लक्ष्यनजिक पुुगेको, ६७ प्रतिशत मुद्दा फस्र्याेट भएको र दुई वर्षभन्दा बढी अवधिका मुद्दाको संख्या शून्य रहेको अदालतका सूचना अधिकारी अर्जुन राईले जानकारी दिनुभयो । न्यायसम्पादनमा उत्कृष्ट कार्य गरेवापत सर्वाेच्चको मूल्यांकनमा ७७..
झापामा पहिलो पटक एमबीबीएस पढाई हुने
२२ भदौ, झापा । झापामा पहिलो पटक बिएण्डसी मेडिकल कलेजमा एमबीबीएस पढाई हुने भएको छ । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको पछि पठनपाठनको सुनिश्चितता भएको हो । आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । बिएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार एमबीबीएसको पठनपाठन यसै शैक्षिक शत्रबाट सुरु हुने छ । पहिलो चरणमा ५० सिट पाएको विएण्डसीको क्षमता..
झापाको भद्रपुर नाकाबाट सामान निर्यात गर्न त्रिपक्षीय पहल
२२ भदौ, झापा । झापाको भद्रपुर नाकाबाट नेपाली सामान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल गरिएको छ । भद्रपुरका नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार प्रमुख सकारात्मक भएको पाइएको छ । नेपाली पक्षको टोलीमा नगरप्रमुख पोखरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी तथा मैत्री संघका सदस्य प्रदीप सरावगी सहभागी थिए ।..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७