जेठ देखि हराइरहेका युवको कंकाल फेला

जेठ देखि हराइरहेका युवको कंकाल फेला


२१ असोज, झापा । गत जेठ १५ गतेदेखि हराइरहेका झापा बाह्रदशी गाउँपालिकाका २१ वर्षीय राजेश हजामको कंकाल फेला परेको छ । बाह्रदशी–७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा कंकाल फेला परेको जनाइएको छ । केही दिनदेखि हजामको शव खोजी गर्न प्रहरीले जेसिवी प्रयोग गरेर खोजिरहेको थियो ।

प्रहरीले पहिले एउटा घरमा उत्खनन् गरेको थियो भने आज विरिङ खोलामा जेसिवी प्रयोग गरेर शव खाज्ने क्रममा फेला पारेको हो । प्रत्यक्षदर्सीका अनुसार शरिरको केही भाग कपडामा बेरिएको अवस्थामा भेटिएको छ ।

यसअघि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमाहरुमा नरेश, मुना र समिर राजवंशी रहेका छन् । उनीहरुको बयानका आधारमा प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेकाहरुले हत्या गरेर पुरेको ठाउँ बताएपछि प्रहरीले त्यहाँ उत्खनन् गरेको बताइएको छ । अपडेट

 

प्रतिक्रिया:

सम्बन्धित खवर