झापामा गेटले किचेर एक बालिकाको मृत्यु

झापामा गेटले किचेर एक बालिकाको मृत्यु

३१ श्रावण, झापा । झापाको बिर्तामोडमा निर्माणाधीन घरको गेटले किचेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाईते भएकी छिन् ।

छिमेकीले बनाउँदै गरेको घरको गेटले किच्दा बिर्तामोड–१ को देवी पञ्चकन्यामा शुक्रबार साँझ दुई बालिका गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई बिर्ता सिटी हस्पिटलमा उपचारका लागि ल्याइएकोमा ८ वर्षकी एन्जल सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उनकी दिदी ११ वर्षीय एलुन सुनार घाइते भएकी र उनको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको जनाईएको छ । छिमेकी निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको गेटले किच्दा उनीहरु दुबै घाइते भएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर