सूर्याेदय नगरका विद्युत् नपुगेको बस्तिमा सौर्यबत्ती जडान

सूर्याेदय नगरका विद्युत् नपुगेको बस्तिमा सौर्यबत्ती जडान


२१ असोज, इलाम । इलामको सूर्याेदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको बस्तिमा सौर्यबत्ती जडान गरिदिएको छ । सूर्याेदय नगरपालिका १३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारका ११ घरमा नगरपालिकाले सोर्यबत्ती जडान गरिदिएको हो । स्थानीयको लगानी बिना नै नगरपालिकाले घरमै गएर सौर्यबत्ती जडान गरिदिएको हो ।

सौर्यबत्ती जडान भएपछि सो बस्ती झिलिमिली भएको छ । नगरप्रमुख रणबहादुर राईको उपस्थितीमा सौर्यबत्ती जडान गरिएको थियो । अन्धकार गाउँ उज्यालोमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका छन् ।

विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाडा भएकोले त्यस ठाउँमा केन्द्रीय प्रशारणको विद्युत विस्तार हुन सकेको थिएन । विद्युत विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर