समाचार
भोलिबाट सुरु हुने झापा महिला गोल्डकप दुई दिन पछि सर्यो
१४ कार्तिक, झापा । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर पानी परिरहेपछि उद्घाटन खेल कात्तिक १७ गते..
वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध
१५ कार्तिक, झापा । हिजो बिहीबारदेखि सुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण पुनः सडक अवरुद्ध भएको हो । मेची राजमार्गमा हिजो साँझ देखिनै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो । यो सडकको विकल्पमा रहेको..
रतुवा नदी किनारको छठ पूजा घाटमा साझको रैनक (फोटो फिचर)
१० कार्तिक, झापा । दमकको रतुवा नदी किनारमा छठ पूजा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । साँझको समयमा छठ घाटमा घुम्न र पुजा गर्न आउने दर्शनार्थीहरुको भिड देखिएको छ ।
झापा आन्दोलनका सहिदको शालिक पुनः ठड्याईयो
९ कार्तिक, झापा । भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजक समूहले ढालेका सुखानीका जेनजी शहिदहरुलाई उठाइएको छ । अर्जुनधारास्थित सुखानी स्मृति पार्कमा झिलमा तोडफोड गरी शहिदको शालिक ढालिएको थियो । सुखानी शहिद स्मृति प्रतिष्ठान उद्यान व्यवस्थापन समितिले डोरी लगाएर शालिक उठाएको छ । शहिदका शालिक अहिले डोरीको भरमा अढ्याइएको उद्यानका अध्यक्ष भैरव खड्काले जानकारी दिए । उनका अनुसार लढाइएका शहिदलाई दशैंअघि नै उठाइएको हो । पर्यटकीय स्थलका रुपमा..
छठ पूजाका लागि बिर्तामोडको कृषि थोकबाट ३८ लाखको केरा बिक्री
९ कार्तिक, झापा । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३८ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले जानकारी दिनुभयो । उहाँले केराको..
काँकरभिट्टा नाकाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड ९० लाख ३३ हजार अर्थात् एक दशमलव ३०..
देउमाई खोलामा अस्थायी ड्याम निर्माणपछि साना सवारी सञ्चालन
इलाम । नेपालटार-मङ्गलबारे-गजुरमुखी-चतुरे सडकखण्डअन्तर्गत इलामको देउमाई नगरपालिका-५ र माङसेबुङ गाउँपालिका-१ जोड्ने देउमाई खोलामा अस्थायी ड्याम निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको छ । गत असोज १८ गतेको बाढीले पक्की पुलमा क्षति पुर्याएपछि अवरुद्ध सडक १७ दिनपछि सोमबार दिउँसोदेखि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । सो सडकअन्तर्गत देउमाई खोलामा अस्थायी ड्याममार्फत साना सवारी सुचारु गरिएको उनले बताए । कोशी प्रदेश सरकारको सहयोगमा माङसेबुङ गाउँपालिकाले पुलको भत्केको क्षेत्रमा ड्याम निर्माणपछि..
हुलाकी राजमार्गमा रहेको कनकाई पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु
१ कार्तिक, झापा । सरकारले झापाको हुलाकी राजमार्गमा रहेको कनकाई नदीको पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षाैंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । ठेक्का सम्झौता तोड्न लागिएकोमा सबैभन्दा ठुलो झापाको कनकाई पुलको हो । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कनकाई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको..
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा एक महिनाको तलब राहत कोषमा जम्मा
इलाम । गएको असोज १८ गतेको अविरल वर्षा र बाढीले ठूलो जनधन र भौतिक क्षति बेहोरेको इलाममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्नै एक महिनाको तलब जिल्ला स्तरीय राहत कोषमा जम्मा गरेकी छिन् । बाढी र पहिरोले प्रभावित इलामलाई पुनर्निर्माणमा सघाउन तथा “गुमेको मुस्कानलाई पुरानै लयमा फर्काउन” योगदान दिने उद्देश्यले उनले उक्त रकम आज (बुधबार) जिल्ला राहत कोषको बैंक खातामा जम्मा गरेकी हुन्। नेपालले भनिन्, “इलाम अहिले घाइते छ, तर..
१२ दिनपछि खुल्यो इलामको तिल्केनी–सिमलगोलाई सडक
इलाम । मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो । उक्त सडकमार्फत बुधबार साँझदेखि साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,’ उनले भने, ‘आज..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७