समाचार
माई नगरपालिकामा ७३ करोड ७० लाखको बजेट प्रस्तुत
इलाम । इलामको माई नगरपालिका इलामको २१ औँ नगरसभाको अधिवेशन आ.व. २०८३/८४ को नीति कार्यक्रम सहित र७३ करोड ७० लाख ५९ हजार ६०० को बजेट प्रस्तुत गर्दै बुधबार सम्पन्न भएको छ । नगरसभाका अध्यक्ष तथा माई नगरपालिका प्रमुख खम्वा सिं लिम्बुको सञ्चालन, अध्यक्षता एवम नीति तथा कार्यक्रम प्रस्तुत, उपमेयर हिमा भण्डारीकबाट आर्थिक बर्ष २०८३/०८४ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी भट्टराईको समन्वयमा सभा सम्पन्न भएको..
सन्दकपुर गाउँपालिकाको ४५ करोड ५४ लाखको बजेट सार्वजनिक
इलाम । इलामको सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ४५ करोड ५४ लाख ७९ हजार ५७१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताए । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष लुङ्गेलीले सीमित स्रोतसाधनका बाबजुद उत्पादन वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय सेवा प्रवाह र दिगो विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको..
माङसेबुङमा रैथाने बाली संरक्षणका लागि खोज–अध्यन गरेर आलेख तयार गरिने
१३ असार, इलाम । रैथाने बाली मिडिया प्रवद्र्धन कार्यक्रमका लागि इलामको माङसेबुङमा आज मिडिया अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङमा कृयशिल पत्रकारहरुको सहभागितामा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । रैथाने बालीको संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रम अन्तर्गत पत्रकारहरुले स्थानिय रैथाने बालीको बारेमा आलेख तयार गर्ने छन् । रैथाने बालीको महत्व, आवश्यक्ता र यसका संरक्षणको चुनौतीका बारेमा खोज, अध्यन तथा स्थलगत अनुगमन गरेर विस्तृत आलेख तयारपारी..
चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने
इलाम । इलामको चुलाचुली गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८३र०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । लिम्बू भाषीको बाहुल्यता रहेको चुलाचुलीले बहुसंख्यक स्थानीय मातृभाषाको सम्मान गर्दै आउँदो वर्षदेखि सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ । चुलाचुली गाउँसभाको १८ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आउँदो आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू भाषालाई पालिकाभरी सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव पेश गरेका थिए..
माङसेबुङमा पहिलोपटक ‘मुन्दुम पाठशाला’ स्थापना गरिने
११ असार, इलाम । किरात राई समुदायको मौलिक सभ्यता, संस्कृति, भाषा तथा मुन्दुमको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले पहिलोपटक ‘मुन्दुम पाठशाला’ स्थापना गर्ने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त योजना समावेश गर्दै पाठशाला सञ्चालनको घोषणा गरेको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत किरात समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार तथा सांस्कृतिक परम्परालाई व्यवस्थित रूपमा नयाँ पुस्तामा हस्तान्तरण..
दमक–चिसापानी सडक मर्मतमा तीन पालिकाको सहकार्य
५ असार, इलाम । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) को मर्मतका लागि तीन स्थानिय तह सहकार्यमा जुटेका छन । माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको संयुक्त बैठकले सडकको तत्काल मर्मत गर्ने निर्णय गर्दै त्यसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तीन स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागितामा सम्पन्न संयुक्त बैठकले दमक–चिसापानी सडकको वर्तमान अवस्था सुधार गर्न तत्काल मर्मत सम्भारको काम अघि बढाउने निर्णय गरेको हो । बैठकले सडकको..
पन्चकन्या आ.वि.को ब्यवस्थापन समिती अध्यक्षमा नरेन्द्र श्रेष्ठ सर्बसम्मत
२ असार, इलाम । चुलाचुली गाउपालिका २ मा रहेको पन्चकन्या आधारभुत बिद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा नरेन्द्र श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन आज बसेको विद्यालय ब्यवस्थापन समिति बैठकबाट अभिभावकहरू मध्येबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा श्रेष्ठ मनोनित भएका हुन । श्रेष्ठ युवा अभियान्ताको रुपमा डेढ दशकबाट सकृय छन ।
चिया निर्यातमा भारतीय अवरोध तत्काल हटाउन सुहाङको माग
काठमाडौं । इलाम २ का सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा भारतको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । नेपाली चिया क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उच्चस्तरीय कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरे । इलामको सूर्योदय नगरपालिका क्षेत्रका ५३ चिया उद्योगले भोलिदेखि कारखाना बन्द गर्ने निर्णयप्रति उनले चिन्ता जनाएका छन् । उद्योग बन्दको निर्णयले किसानको सम्पूर्ण जीवनचक्र नै संकटमा पारेको भन्दै सुहाङले आफ्नो वक्तव्यमा लेखेका..
गृहमा ४८ दिन पछी सुदनको कमब्याक
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । शाहले मंगलबार हेरफेर गरेको मन्त्रिपरिषद्मा गुरुङ पाँचौँ वरीयतामा छन् । त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । गुरुङ यसअघि बालेन क्याबिनेटमा नै थिए । पुन भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
बेलासे पुलको भत्किएको खण्डमा बेलिबृज बन्ने, निर्माण सामाग्री आईपुग्यो
२६ जेठ, इलाम । इलाम र माई नगरपालिका जोड्ने बेलासेको माईखोला पुलको भत्किएको खण्ड जोड्ने बेलिबृजको सामान आइपुगेको छ । इलाम २ का सांसद सुहाङ नेम्बाङको विशेष पहलमा नेपाल सरकारबाट भन्सार भई निर्माण सामाग्री भारत सरकारको अनुदानमा कोल्कताबाट निर्माण स्थल आईपुगेको हो । यस केचना कंन्चनजंगा सडक इलाम-झापा जोड्ने सबैभन्दा छोटोदुरीको फास्ट्रयाक हो । पहिलो चरणमा बेलासेको पुलको काम सक्ने र दोस्रो चरणमा पुवा खोला बेलिबृजको निर्माण प्रकृया सुरु हुने..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७