समाचार
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ छ । नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको..
दुई दिनको विपदमा ४८ जनाको ज्यान गयो , इलाममा मात्र ३७ जनाको मृत्यु
इलाम । असोज १७ देखि परेको अविरल वर्षाले देशभर ठुलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बेलुकी ५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४८ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । मृतकमध्ये इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २, पाँचथरमा १, कञ्चनपुरमा १, खोटाङमा १, मोरङमा १, सुनसरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको..
अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा
इलाम । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो । बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा..
बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, ५ वटामा क्षति (सूचीसहित)
काठमाडौं । इलाममा सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनको उत्पादन बन्द भएको छ । हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका आयोजना बन्द भएका हुन् । इप्पानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द रहेका छन् । निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुर्याएको छ । इलामकै निर्माणाधीन सिद्दीखोला हाइड्रोपावरमा पनि बाढीले क्षति पुगेको छ । यो आयोजनाको १० दिनमा हुने भनेको सीओडी अनिश्चत..
अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ..
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, उपमहासचिव भन्छन्- सम्भवतः चाँडै हामी महाधिवेशन गर्दै छौँ
काठमाडौं । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दै छौँ । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’..
इलाममा चिया टिप्ने श्रमिकको अभाव
इलाम । श्रमिक अभावले चिया टिप्न समस्या भएपछि चिया किसानले प्रविधिको सहारा लिइरहेका छन् । पछिल्लो समय इलामका किसानले चिया टिप्ने श्रमिक नै नपाउने र भेटिएका श्रमिकलाई पनि ज्याला बढी तिर्नुपर्ने भएपछि चिया टिप्ने मेसिन प्रयोगमा ल्याएको बताएका हुन् । दैनिक ११ श्रमिकले टिप्ने चिया, एउटा मेसिनले एकै दिनमा टिप्ने गरेकाले मेसिन प्रयोग निकै सस्तो भएको किसानको अनुभव छ । ‘मेसिन प्रयोग गर्दा दुईजनाले काम गर्ने र काम पनि धेरै..
प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन कांग्रेस–एमालेसहित ८ दलको माग
काठमाण्डौँ । कांग्रेस –एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन माग गरेका छन्। रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।
मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया नष्ट
इलाम । भदौ २४ मा जेन–जेड आन्दोलनक्रममा प्रदर्शनकारीले मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया जलेर नष्ट भएको छ । निर्यातका लागि भन्सार पुगेको इलामका पाँच कारखानाको चिया जलेको सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्रीअन्तु, गोर्खा र दाजु–भाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा नष्ट भएको एसोसिएसन महासचिव गोपाल कट्टेलले बताए । ‘आन्दोलनक्रममा बन्द भएका चिया कारखाना अब..
जेन जीको नेतृत्व घुमिफिरी ‘बा’ पुस्तामै
बंगलादेशमा युवा–विद्यार्थीको आन्दोलनले ८५ वर्षे महमद युनिशलाई सत्तामा पुर्याएजस्तै नेपालमा पनि जेनजी आन्दोलनको भावना विपरित हजुरबाु पुस्ताकै व्यक्ति सत्तामा पुग्ने सम्भावना देखिएको छ । जेनजीको भर्चुअल बैठकमा जारी भावी प्रधानमन्त्रीबारेको छलफल र आन्तरिक मत सर्वेक्षणले त्यस्तो देखाएको हो । सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण नतिजाअनुसार आज उनीहरूवीच भएको भर्चुअल मतदानमा उच्च अदालतमा कानुनी पेशारत र सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार डा.रामकृष्ण तिमल्सेनाका छोरा ूर्याण्डम नेपालीूभनी चिनाउने रास्ट्र बिमोचन तिमिल्सिनाले २६ प्रतिशत..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७