राम बहादुर थापा र सुहाङ बिच संसदीय दलको नेताको लागि निर्वाचन हुने

१८ चैत्र, काठमाण्डै । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएकाे छ । पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि चुनाव हुने भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । दलकाे नेताका लागि रामबहादुर थापा बादल र सुहाङ नेम्वाङ प्रतिस्पर्धा छ । संसदीय दलको नेतामा थापा बादल र नेम्वाङले दाबी  गरेपछि चुनाव हुने भएको छ । चुनावका हुने भएपछि थापाले उम्मेदवारी दिइसकेका बुझिएकाे छ । नेम्वाङले पनि उम्मेदवारी दर्ताका..

सम्भव छ विद्यार्थी संगठनहरूको खारेजी ?

१६ चैत, काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि आफ्ना ‘बोल्ड निर्णय’ र तिनको कार्यान्वयनका लागि बालेन शाह प्रशंसित र आलोचित दुवै हुँदै आइरहेका छन्। १३ चैतमा बालेनको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले १०० वटा कामको सूची स्वीकृत गरेको थियो। उक्त सूचीमा सरकारले ६० दिन भित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यक्रम पनि समावेश थियो। बालेन नेतृत्वको सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गर्‍यो। दलीय संगठनले शैक्षिक..

दमक क्याम्पस खेलकुद सप्ताहको तयारी पुरा

१२ चैत्र, झापा । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा दमक बहुमुखी क्याम्पसमा सञ्चालन हुन लागेको खेलकुद सप्ताहको तयारी पूरा भएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने उक्त कार्यक्रम सफल बनाउन आवश्यक प्राविधिक, व्यवस्थापकीय तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको खेलकुद सप्ताह संयोजक संजय राईले जानकारी दिएका छन् । स्ववियुको आयोजनामा हुन लागेको खेलकुद सप्ताहलाई यस वर्ष विशेष उत्साहका साथ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विद्यार्थीहरूबाट उत्साहजनक सहभागिताका लागि..

इलाममा १८ जना उम्मेदवारको जमानत जफत

इलाम । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामका २७ मध्ये १८ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि १८ उम्मेदवारको जमानत जफत भएको हो । इलाममा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नं. १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र..

क्षतिग्रस्त इलाल बजार शहरी खानेपानी आयोजनाको मर्मत धमाधम हुँदै

इलाम । इलाम इलाम सदरमुकाममा सञ्चालित ‘इलाम शहरी खानेपानी आयोजना तथा सरसफाई आयोजना’ अन्तर्गत क्षतिग्रस्त राते र मेवा खोला मुहानको पूर्वाधार संरचना र पाइप लाइन पुनःनिर्माण तथा मर्मत धमाधम भइरहेको छ । गतवर्षको वर्षादका कारण आएको बाढीले क्षतिग्रस्त सन्दकपुर गाउँपालिकास्थित दुवै मुहानको संरचना र पाइपलाइन पुनःनिर्माण तथा मर्मत सुधारको कार्य तीव्र गति अगाडि बढाइको छ । बिग्रिएका संरचना र पाइपलाइन मर्मत नगरिदाँ उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न सरोकारवालाको आपसी..

रोङको पूर्व क्षेत्रलाई झापासँग जोड्ने सडक सञ्चालन

इलाम । इलामको रोङ गाउँपालिका–६ स्थित धजे, मनकामना, जिर्मले, कुवापानी र तेलपानीलाई जोड्ने सडक सञ्चालनमा आएको छ। सडक सञ्चालन आएसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन्। यस सडकले यहाँको कृषि, पर्यटन र व्यापार प्रवद्र्धनमा नयाँ सम्भावना खुलेको स्थानीयहरू बताउँछन्। सडकले रम्भ्याङ, जौबारी, जिर्मले , कुवापानी, फाफोकटार र लामिटार क्षेत्रका किसानलाई कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ। शिक्षा, स्वास्थ्य र व्यापारका लागि झापाको धुलाबारी, बिर्तामोड र चन्द्रगढीसम्म पुग्न सहज भएको छ।..

रास्वपाका शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा

५ चैत्र, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सीट जितेको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिसकेको छ ।

जेन्जी आन्दोलन पछि विस्थापित माईको दानाबारी सशस्त्र बेस क्याम्प पुनः स्थापना

इलाम । माई नगरपालिका वडा नं. ४ मा दानाबारीमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प पुनः स्थापना गरिएको छ । गत भदौ २३ र २४ गरेको जेन्जी आन्दोलनका क्रममा विस्थापित भएको उक्त क्याम्प सोमबार औपचारिक रूपमा पुनस्र्थापना गरिएको हो । गत फागुन २१ गते निर्वाचनका लागि माई नगरपालिका क्षेत्रमा आएका सशस्त्र प्रहरीलाई नै जिम्मेवारी दिने गरि वेस क्याम्प पुनस्र्थापना गरिएको बताईएको छ । वेस क्याम्प पुनस्र्थापनामा सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख..

सूर्याेदयका २८ छोरी–बुहारीलाई निःशुल्क स्नातक तहको शिक्षा दिनेगरी सम्झौता

४ चैत्र, इलाम । इलामको सूर्याेदय नगरपालिकाले यो वर्ष नगरका २८ छोरी–बुहारीलाई स्नातक तहको शिक्षा निःशुल्क दिनेगरी सम्झौता गरेको छ । यस शैक्षिक सत्र उनीहरूलाई नगरले शतप्रतिशत छात्रवृत्तिमा पढाउने भएको हो । शैक्षिक सत्र २०७५/०७६ मा सुरु ‘नगरको इच्छा, छोरीलाई शिक्षा, नगरको इच्छा बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत हालसम्म २ सय ६५ विद्यार्थीले यहाँ निःशुल्क अध्ययन गरेको नगरका कार्यवाहक मेयर दुर्गाकुमार बरालले जानकारी दिनुभयो । अहिलेसम्म यहाँबाट ९० विद्यार्थी उत्तिर्ण भईसकेका छन्..

इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी प्रशोधन गरिँदै

४ चैत्र, इलाम । इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी संकलन गरी प्रशोधन गरिँदैछ । रोङ गाउँपालिका–३ स्थित मन्दिरमा रहेको सुन र चाँदी केही दिनअघि गाउँपालिका कार्यालयमै संकलन गरिएको थियो । विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी गराइ गरिएको संकलनमा प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदीको तौल यकिन गरिएको रोङ गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले गाउँपालिकाले मन्दिरको व्यवस्थापन जिम्मा लिएपछिको मात्रै सुन–चाँदीको हिसाब–किताब आएको..