छ लाख नगद सहित चुलाचुलीका इन्जिनियर खड्का अख्तियारको नियन्त्रणमा

३१ असार, इलाम । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा कारबाही गरिएको हो । आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजा..

राजनीतिसँगै उद्यम: चुलाचुलीका माईतराज लिम्बु दम्पतीको ड्रागन फ्रुट खेती

इलाम । राजनीतिमा सक्रिय भएर जनप्रतिनिधि र पार्टीको जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूले समय अभावका कारण व्यवसाय गर्न सकिँदैन भन्ने आम बुझाइलाई चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूले व्यवहारमै गलत साबित गरेका छन् । उनी र उनकी श्रीमती माइती लिम्बू विगत सात वर्षदेखि ड्रागन फ्रुट खेतीमा सक्रिय छन् । समाजसेवासंगै लिम्बू अहिले नेकपा एमालेको वडा न २ कमिटी अध्यक्षको जिम्मेवारी लिएर कृषि उद्यमलाई समानान्तर रूपमा अघि बढाउँदै आएका छन् । हामी..

चुलाचुलीमा ९० प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा (फोटो फिचर)

२८ असार, इलाम । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि इलामको चुलाचुली गाउँपालिकामा असारको अन्तिम सातासम्ममा करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै पानी परेकाले किसानले सहज रूपमा रोपाइँ गर्न पाएका छन् भने गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङका अनुसार गाउँपालिकाभित्र अधिकांश खेतीयोग्य क्षेत्रमा धान रोपाइँ सकिएको छ भने बाँकी क्षेत्रमा पनि केही दिनभित्र..

झापा–इलाम सडक सम्पर्क टुट्यो, वैकल्पिक मार्ग पनि समस्याग्रस्त

२६ असार, इलाम । लगातार वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प बनेको हो। सडक अवरुद्ध भएपछि झापाबाट इलाम तथा इलामबाट झापा आउने–जाने सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। दैनिक उपभोग्य सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ भने बिरामी र आपतकालीन सेवासमेत जोखिममा परेका छन्। मुख्य राजमार्ग बन्द भएपछि प्रयोग गरिँदै आएको वैकल्पिक..

रैथाने बाली सिमलतरुलः माङसेबुङका बारीमा लुकेको सम्भावना

माङ्सेबुङ ४ मर्चेबुङमा मकै संग कृषकले लगाएको सिमलतरुल इलाम । नेपाल जैविक विविधताको दृष्टिले विश्वका धनी मुलुकमध्ये एक हो । विविध भूगोल, फरक–फरक हावापानी तथा जातीय–सांस्कृतिक विविधताले यहाँ असंख्य रैथाने बालीहरूको अस्तित्व र उपभोग चलिआएको छ । यिनै रैथाने बालीहरूले शताब्दीयौंदेखि नेपाली समाजको खाद्य सुरक्षा, पोषण, संस्कृति र जीवनशैलीलाई समृद्ध बनाउँदै आएका छन् । तर पछिल्ला दशकहरूमा आधुनिक कृषि प्रणाली, उन्नत जातका बाली, बजारमुखी उत्पादन, युवाको विदेश पलायन, जलवायु परिवर्तन,..

कृषि, पूर्वाधार र रोजगारलाई प्राथमिकतामा राख्दै कमल गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक

झापा । कमल गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेको छ। गाउँसभाको अधिवेशनमार्फत आगामी आर्थिक वर्षका लागि विकासमुखी योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार तथा कृषकको उत्पादन र आम्दानी वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने, व्यावसायिक पशुपालनलाई प्रोत्साहन..

मिक्लाजुङ गाउँपालिकाको बजेट ७२ करोड ४४ लाख: कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

मोरङ । मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७२ करोड ४४ लाख ६२ हजार बराबरको बजेट सार्वजनिक गर्दै कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको छ। गाउँसभाको अधिवेशनबाट नीति, कार्यक्रम तथा बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकासलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको जनाएको छ। बजेटमार्फत कृषि उत्पादन वृद्धि, व्यवसायिक पशुपालन, सिँचाइ विस्तार..

दमकमा आवश्यकताभन्दा दोब्बर तीनपाङ्ग्रे, साउन १ देखि दर्ता नभएलाई कारबाही

२० दमक । दमक नगरपालिकाले नगरको आवश्यकता भन्दा दोब्बर संख्यामा अटो र सिटी सफारी सञ्चालन भइरहेको जनाएको छ । नगरपालिकाका अनुसार दमकका लागि अधिकतम २ हजार ५ सय तीनपाङ्ग्रे सवारी पर्याप्त भए पनि हाल ५ हजारभन्दा बढी सवारी सञ्चालनमा छन् । यातायात व्यवस्थापन समिताका अनुसार २०७२ सालमा ८ सय दर्ता रहेका तीनपाङ्ग्रे सवारीको संख्या अहिले २ हजार ५ सयभन्दा बढी पुगेको छ । साथै अन्य पालिकाबाट दैनिक १ हजारभन्दा बढी..

एसियन हाइवेको काम कछुवा गतिमा, ठेक्काको अवधि सकिन तीन महिना मात्रै बाँकी

झापा । एसियन हाइवेअन्तर्गतको काँकडभिट्टा–लौकही सडक आयोजनाको पूर्वी खण्डको निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको छ। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्रै बाँकी रहँदा आयोजनाको आधा कामसमेत पूरा हुन सकेको छैन। निर्माणमा भइरहेको ढिलाइका कारण यात्रुले हिउँदमा अत्यधिक धुलो र वर्षायाममा हिलोको सामना गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सडक निर्माणको सुस्त गतिका कारण यस सडकखण्डमा सवारी दुर्घटनासमेत बढ्दै गएको छ। तीन वर्षे ठेक्का सम्झौताअनुसार दुई वर्ष..

झापामा तीन सातामा डुबेर पाँचजनाको मृत्यु

दमक । झापामा यो वर्षको तीन साता नबित्दै विभिन्न स्थानमा डुबेर पाँचजनाको मृत्यु भएको छ । खोला, नाला तथा खेतको हिलोमा डुबेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार १८ गतेसम्म झापाका कनकाई, मेचीनगर, गौरीगञ्ज, हल्दिबारीमा नाबालकदेखि वृद्धको डुबेर मृत्यु भएको हो । आज झापाको हल्दिबारीमा अनुहार हिलोमा गाडिएको अवस्थामा बिर्तामोडका एकजना व्यक्ति मृत फेला परेका हुन् । हल्दिबारी २ कलाधरबस्तीस्थित हल्दिबारी–बिर्तामोड सडकको छेउमा जोतेको खेतको..