रोङको धजे–मनकामना सडकमा बस आउँदा खुसियाली

इलाम । इलामको रोङ गाउँपालिका ६ स्थित चर्चित पर्यटकीयस्थल झन्डीडाँडा जाने फास्ट ट्र्याक धजे–मनकामना सडक सञ्चालनमा आएको छ । पुस १२ मा यो सडक औपचारिक उद्घाटन गरिँदैछ । यहाँ शुक्रबार झापाबाट बससमेत आएको छ । बस आउँदा स्थानीय हर्षित भएका छन् । वडाध्यक्ष सत्यम राई चौरासेलगायतले बस ल्याउने चालकलाई माला लगाएर स्वागतसमेत गरेका छन् । बहुप्रतीक्षित यो सडकमा यातायात सञ्चालनमा आएपछि पर्यटक र स्थानीयलाई सहज भएको छ । नजिकैको ढोडेनी..

सूर्याेदय नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई श्रीअन्तुमा सम्पन्न

इलाम । इलामको सूर्याेदय नगरपालिकाको चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मङ्गलबार श्रीअन्तुमा सम्पन्न भएको छ । सूर्याेदय नगरपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा सूर्याेदय नगरपालिका–४ र ५ को सीमाक्षेत्र अन्तु भञ्ज्याङमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको..

सलकपुर मह उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्दै

इलाम – इलामको रोङ गाउँपालिका ६, सलकपुर मह उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्दैछ । तर, यही पहिचान बनाइरहेको मौरीपालन व्यवसाय अहिले मौरीको घट्दो संख्या, वातावरणीय जोखिम र प्राविधिक अभावका कारण चुनौतीको मोडमा पुगेको छ । बजारमा महको माग बढ्दो भएपनि उत्पादन दीगो बनाउने सबाल अझै पेचिलो देखिएको छ । तराईका २१ जिल्लामा मेलिफिरा जातको मौरी पालिनेगरेपनि पहाडी जिल्लामा सेरेना लोकल जातको मौरी प्रमुख मानिन्छ । सामान्यतया तातो र पूर्वपट्टि फर्किएको स्थानमा..

माइजोगमाई गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

माइजोगमाई (इलाम) – माइजोगमाई गाउँपालिकास्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको छ । प्रतियोगितामा नयाँबजारको अमरकल्याण मावि २० पदकसहित पहिलो भएको छ । अमरकल्याण माविले १२ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको हो । नामसालिङ मावि १० स्वर्ण र ८ रजत गरी कुल १८ पदकसहित दोस्रो भयो । नामसालिङकै नेपाल ज्योति मावि ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १३ पदकसहित तेस्रो भएको छ । सोयाङको..

अलैँची निर्यात १०९ प्रतिशतले बढ्यो

१९ मंसिर, झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो । चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही..

सदरमुकाम इलाम बजार सहित जिल्लाका पर्यटकीय गन्तव्यहरु सुनसान !

इलाम । सदरमुकाम इलाम बजार सहित इलामका उत्तरी क्षेत्रका पर्यटकीय गन्तव्यहरु अहिले सुनसान छन् । अशोज १८ को वर्षातका कारण ग्रामीण सडकमा भएको क्षतिले यात्रा असहज हुँदा मुख्य सिजनमा पर्यटकीयस्थल सुनसान भएका हुन् । नेपाली चियाको इतिहास बोकेको इलाम बजारको चिया बगानमा दैनिक ३ सय बढी पर्यटकले भ्रमण गर्थे । भ्रमण गर्ने आन्तरिक पर्यटक बढी भएपनि बाहिरी जिल्लाका पर्यटकको संख्या अधिक थियो । तर अहिले इलाम बजारमा पर्यटक फाट्टफुट्ट मात्र..

खानेपानी अभाव झेल्दै इलामका बाढी–पहिरोपीडित

इलाम– गत असोज १८ र १९ को विपदका कारण इलामका धेरै खानेपानी मुहान र आयोजनामा क्षति पुुगेपछि धेरै संख्याका स्थानीय खानेपानीको चपेटामा छन् । बाढी र पहिरोमा घर पूर्ण क्षति बेहोरेका परिवार अहिले सहज खानेपानीबाट बञ्चित भएका हुन् । इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकासहित विपद् प्रभावित सबैजसो पालिामा खानेपानीका मुहान र आयोजनामा क्षति पुगेको छ । पहिरोका कारण अहिले सबैभन्दा बढी सन्दकपुर गाउँपालिका–४, माबुका..

युवालाई एमाले प्रवेश गराउदैँ सुहाङ

इलाम । इलामको माङसेबुङमा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै नवयुवाहरू एमालेमा प्रवेश गरेका हुन् । भीमराज लिम्बू, दीपेन्द्र योङहाङ, धनकुमार राई, हर्कमाया राई, सुनिता लिम्बू, गोल्ला राई, विना योङहाङलगायत एक दर्जन बढी युवाहरु एमालेमा भित्रिएका छन् । कोशी प्रदेशका मन्त्री राम राना, निवर्तमान सांसद सुहाङ नेम्वाङलगायतले उनीहरूलाई एमालेमा स्वागत गरे ।

झापामा ३१७ वटा नयाँ साना उद्योग दर्ता

१५ कार्तिक, झापा । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु..

अविरल वर्षाले मेची राजमार्ग अझै बन्दः चार जिल्लाका यात्रु प्रभावित

१५ कार्तिक, इलाम । बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छौंँ तर सडक भासिने क्रम रोकिएको छैन”, उनले भने । मेची राजमार्ग अवरुद्ध हँुदा..