दमकमा आवश्यकताभन्दा दोब्बर तीनपाङ्ग्रे, साउन १ देखि दर्ता नभएलाई कारबाही

दमकमा आवश्यकताभन्दा दोब्बर तीनपाङ्ग्रे, साउन १ देखि दर्ता नभएलाई कारबाही

२० दमक । दमक नगरपालिकाले नगरको आवश्यकता भन्दा दोब्बर संख्यामा अटो र सिटी सफारी सञ्चालन भइरहेको जनाएको छ । नगरपालिकाका अनुसार दमकका लागि अधिकतम २ हजार ५ सय तीनपाङ्ग्रे सवारी पर्याप्त भए पनि हाल ५ हजारभन्दा बढी सवारी सञ्चालनमा छन् ।

यातायात व्यवस्थापन समिताका अनुसार २०७२ सालमा ८ सय दर्ता रहेका तीनपाङ्ग्रे सवारीको संख्या अहिले २ हजार ५ सयभन्दा बढी पुगेको छ । साथै अन्य पालिकाबाट दैनिक १ हजारभन्दा बढी सवारी दमकमा सञ्चालन हुने र करिब ३ हजार सवारी दर्ताबिनै गुडिरहेको अनुमान गरिएको छ ।

समितिका अध्यक्ष प्रजापति सापकोटाले नयाँ दर्ता रोकिएको र साउन १ गतेदेखि दर्ताबिनाका तथा अन्य पालिकामा दर्ता भएर दमकमै स्थायी रूपमा सञ्चालन हुने सवारीमाथि कारबाही गरिने बताए ।

दमक ट्राफिक प्रहरीका अनुसार नगर क्षेत्रमा हुने सडक दुर्घटनामध्ये करिब ७० प्रतिशतमा तीनपाङ्ग्रे सवारी संलग्न हुने गरेका छन् । नियमित जाँचका क्रममा नियन्त्रणमा आउने चालकहरूमध्ये ८० प्रतिशतभन्दा बढी लाइसेन्सविहीन रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

नगरपालिका र ट्राफिक प्रहरीले अवैध सवारी नियन्त्रण तथा लाइसेन्सविहीन चालकमाथि निगरानी कडा बनाउने जनाएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर