समाचार
आत्मसमीक्षा सहित सुहाङको प्रतिबद्धता: इलामको ‘ग्लोबल ब्राण्डिङ’ देखी किरात भाषा संरक्षणसम्म
१२ फागुन, इलाम। प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो विस्तृत चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक जीवनमा बढेका अपेक्षा र विगतका अपूर्णताहरूबारे आत्मसमीक्षा गर्दै उनले अब परिणाममुखी काम, प्रत्यक्ष जनसंवाद र जवाफदेहितालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रतिबद्धता पत्रमा उनले इलामसहित पूर्वी पहाडको समग्र विकासका लागि भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार, युवालाई रोजगारी, वातावरण संरक्षण र..
आँगनमा पुगेको कालोपत्रेमा उभिएर अहिलेसम्म के भयो भन्छन्- ओली
११ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्। 'जहाँ उभियौं त्यहाँबाट वरिपरि हेरियो भने एमालेले गरेको विकास देखिन्छ। विकास हाँक्ने र विकास गर्ने पार्टी एमाले हो भनेर सबैलाई थाहा छ,' उनले भने। तर मानिसहरू विकास भएको..
माङसेबुङ गाउँपालिका उपाध्यक्ष नेम्वाङ सहित ४ सय जना एमाले प्रवेश
६ फागुन, इलाम । इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मंगलबार माङसेबुङ गाउँपालिका–६ चिसोपानी पञ्चमी बजारमा आयोजित एमालेको चुनावी भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनी औपचारिक रूपमा एमालेमा सामेल भएका हुन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुहाङ नेम्बाङलगायत नेताहरूले नेम्बाङलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा..
हात्तीको कहरबाट जोगाउनेलाई मत
झापा, ५ फागुन । मेचीनगर – १ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उहाँको भनाइ छ । भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर(१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै..
चुलाचुली १ को निङ्कोक्मा डाँडामा साहित्य कार्यक्रम सम्पन्न
इलाम । चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित निङ्कोक्मा (कुशेडाँडा)मा प्रकृतीसँग साहित्य कार्यक्रम सम्पन्न भएको छ । स्थानिय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने ध्येयका साथ माघ २४ गते शनिवार कुशेडाडामा साहित्य कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो । बिगत १ वर्ष देखी निरन्तर श्रमदान मार्फत उक्त क्षेत्रको संरक्षण तथा बिकासको कामहरु भईरहेको निङ्कोक्मा पर्यटकिय स्थल संरक्षण समितीले जनाएको छ । श्रमदानको वार्षिक उत्सब कार्यक्रमसँगै प्रकृतीसँग साहित्य कार्यक्रम पनि आयोजना गरिएको आयोजकले जनाएको..
पानिमा डुवेर झापामा एक बालकको मृत्यु
५ फागुन, झापा । खाल्डोमा जमेको पानीमा डुवेर झापामा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रवहादुर खड्काका अनुसार कचनकवल वडा न.२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका १४ महिने छोरा प्रियांस राजवंशी रहेका छन् । सोमवार साँझ उनी वडा नं.३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । अस्पताल..
कांग्रेसबाट निर्वाचित माईजोगमाई–३ का वडाध्यक्ष राम घिमिरे एमालेमा प्रवेश
इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ बाट निर्वाचित वडाध्यक्ष राम घिमिरे नेकपा (एमाले) मा प्रवेश गरेका छन्। दमकमा आयोजित एक कार्यक्रमबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा ओलीले घिमिरेको सक्रियता र स्थानीय तहमा गरेको कार्यप्रति प्रशंसा गर्दै एमालेमा उनको भूमिकाले संगठन सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा ८६५ मत प्राप्त गर्दै माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्षमा निर्वाचित भएका..
कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो
इलाम । इलामको सूर्याेदय नगरपालिका आर्थिक वर्ष २०८१र०८२ को कार्य सम्पादन मूल्यांकनमा जिल्लाका १० पालिकामध्ये पहिलो भएको छ । ७२ दशमलब ८७ अंकसहित सूर्याेदय पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोजले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार इलाम नगरपालिका ७२.०९ अंकसहित दोस्रो र सन्दकपुर गाउँपालिका ७०.५६ अंकसहित तेस्रो भएका छन् । देउमाईले ६५.३५, माई नगरले ५५.८२, चुलाचुली गाउँपालिकाले ५५.३५, माइजोगमाई गाउँपालिकाले ५१.४६ अंक पाएका छन् । त्यस्तै,..
सहिद माङतोक : लिम्बुवान आन्दोलनको अमर योद्धा र अधुरो न्यायको कथा
चुलाचुली १ स्थित सहित माङतोकको प्रतिमा नितेश राई / इलाम । नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको कथा मात्र होइन, पहिचान, अधिकार र स्वाभिमानका लागि गरिएको लामो संघर्षको इतिहास पनि हो। यही संघर्षको क्रममा आफ्नो जीवन अर्पण गर्ने अमर व्यक्तित्व हुन् सहिद माङतोक (राजकुमार आङ्देम्बे) । उनी लिम्बुवान आन्दोलनका एक निडर योद्धा थिए, जसले पहिचान, स्वशासन र ऐतिहासिक अधिकारको पक्षमा उभिँदै जीवनकै मूल्य चुकाए। सहिद माङतोकको जन्म एक साधारण लिम्बु..
दमकमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इलाम । झापाको दमकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक र पछाडि सवार रहेका युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७