बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

१४ जेष्ठ, विराटनगर  रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा आज मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जानकारी दिनुभयो ।

न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर तथा विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो ।

कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उहाँको उपचार गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270