१४ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्व अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ ।
इजलासमा न्यायाधीशहरु प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुहनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वाेच्च अदालतले गरेको थियो ।