लायन्स क्लबको सक्रियतामा १५० जना नेत्रहिनहरुलाई खाना

लायन्स क्लबको सक्रियतामा १५० जना नेत्रहिनहरुलाई खाना

दमक । झापाको दमकमा सम्पन्न झापा नेत्रहिन संघको छैठौं जिल्ला अधिवेशनमा दमकका चार वटा लायन्स क्लबहरुले संयुक्त रुपमा एक सय ५० जना बढि अधिवेशनमा सहभागिहरुलाई खाना वितरण गरेका थिए ।

दमकको मारवाडी सेवा समितिको सभाहलमा सम्पन्न अधिवेशनमा सहभागिहरुका लागि खानाको व्यवस्था गरी खाना वितरण गरेका थिए ।

लायन्स क्लब अफ दमक स्वीटसिटि, लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक डाइनामिक, लायन्स क्लब अफ दमक गरिमा, लियो क्लब अफ दमक स्वीटसिटि र युनाइटेड क्लबका सदस्यहरुको सक्रियतामा खाना वितरण गरेको डिस्ट्रि«क ३२५सी नेपालका रिजन चियरपर्सन लायन साजन श्रेष्ठले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर