बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउने

काठमाडौं,१४ पुस । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने २ युवाको परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निणर्यबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार  खर्च सरकारले बेहोर्ने निणर्य गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उनको भनाई थियो ।

शुक्रबार इपीएस परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो भने आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270