१४ पौष, झापा । झापाको दमकमा आफ्नै श्रीमानले खुुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । दमक २ त्रिवेणी टोलमा बसोबास गर्ने धने लाम्गादेले आज दिउसो रतुवा खोला किनार काम गरिरहेकी आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार श्रीमतीको घटना स्थलमै मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने लाम्गादेलाइ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यलय दमकले बताएको छ ।
हत्याको कारणमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।