१७ पौष, झापा । दमक जेसिसको नयाँ नेतृत्वका लागि रामचन्द्र अधिकारी (आरसी) अध्यक्षमा सर्वसहमत चयन भएका छन् ।
शनिबार भएको ४३ औं साधारण सभाबाट दमक जेसीज वर्ष २०२४ को लागि रामचन्द्र अधिकारी (आरसी) अध्यक्षमा सर्वसहमत बनेका हुन् । प्रमूख निर्वाचन आयुक्त सुयोग खरेलको नेतृत्वले सम्पन्न सभाबाट सबै पदाधिकारीहरुलाई सर्वसहमत चयन भएको हो ।
वर्ष २४ को नेतृत्वका लागि कार्यकारिणी उपाध्यक्षमा जेसी लोकेश सापकोटा र जेसी उमेश गजमेर चयन भएका छन् भने उपाध्यक्षमा जेसी पुजन चौधरी, जेसी पंकज पोख्रेल, जेसी कृष्ण भट्टराई र जेसी बिशाल अधिकारी चयन भएका छन् ।
संस्थाको विधान अनुसार हरेक वर्ष नेतृत्व परिवर्तन गर्ने संस्थाले यस वर्षको लागि पनि नयाँ नेतृत्व प्राप्त गरेको हो ।