अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

२४ फागुन, बिर्तामोड । बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधवार आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छिन् । दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् । यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोश्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११..

२० लाख बालबालिकाले लगाए दादुराको खोप

२४ फागुन, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् । ‘रिपोर्ट पठाएका..

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

२४ फागुन,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।..

नेपालको निर्वाचन संस्कृति नै भ्रष्ट छः अधिवक्ता पोखरेल

२४ फागुन, दमक । अधिवक्ता सुरेशकुमार पोखरेलले निर्वाचनमा उम्मेद्वार बनेका व्यक्तिलाई कानूनले नै खर्च गर्न दिने व्यवस्था विरुद्ध सर्वाेच्च अदालत जाने बताएका छन् । बुधबार झापाको दमकस्थित पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उम्मेद्वारले कानूनमै तोकिए अनुसार लाखौं रकम खर्च गर्न पाउने प्रावधान विरुद्ध आफू सर्वाेच्च जान लागेको बताएका हुन् । पोखरेलले भने –‘कानूनले नै निर्वाचन संस्कृतिलाई भ्रष्ट बनाएको छ । ती कानून खारेज र निस्कृय नपारेसम्म स्वच्छ निर्वाचन..

प्रधानमन्त्रीको वाचा अनुसार टी-२० क्रिकेट विश्वकपका लागि ५ करोड निकासा

२४ फागुन, काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन्। उनले भने, ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत..

१९ जना नवनियुक्त मन्त्रीले लिए शपथ

२४ फागुन । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो बरियताको उपप्रधान तथा गृहमन्त्री बनेका छन्। बुधबार १९ जना मन्त्रीले शपथ  राष्ट्रपति..

प्रतिनिधिसभा बैठक आज बस्दै

२४ फागुन । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

२४ फागुन । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउने बताएका छन् । बुधबार गृह मन्त्रालयमा पदबहाली गरे संगै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताएका हुन् । उनले भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ,“नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा..

महिला साफ यु१६ प्रतियोगिता- नेपाल र भारत भिड्दै

२४ फागुन । साफ यू–१६ महिला फुटबल खेलमा आज नेपालले भारतको सामना गर्दै छ । खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । जारी खेलमा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भुटानले..

दमकका श्रीनयले आफ्नो पहिलो जन्मदिनमा पाए जीवन बिमा उपहार

२४ फागुन, दमक । दमक–९ का श्रीनय सेडाईले आफ्नो पहिलो जन्मदिनमा बिमा उपहार पाएका छन् । दिपेश सेडाई र श्रीमती लक्ष्मी पौडेल सेडाईले छोरालाई पोलिसी उपहार दिएको हो । छोराको पहिलो जन्मदिनमा ५ लाखको बाल किरण बिमा पोलिसि उपहार दिएर एक पुन्यको काम गरेको श्रीनयका बुबा दिपेश बताउछन् । उनले आइएमईलाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गरी आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित गर्न पाउदा एकदमै खुशि लागेको बताए । बिमा पोलिसि..