समाचार
मुख्यमन्त्री शर्मासहित प्रदेशस्तरका माओवादी नेता काठमाडौँमा
२८ फागुन । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली सरकारको नेतृत्वमा नेकपा एमालेले दाबी गरेपछि मुख्यमन्त्री राजकुमार शर्मासहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता काठमाडौँ पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुख्यमन्त्रीसहित माओवादी नेताहरुले समयसामयिक विषयमा छलफल गरेको बताइएको छ । शनिबार काठमाडौँ पुगेको टोलीमा मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, माओवादी सांसद वीरबहादुर शाही लगायत थिए । प्रधानमन्त्रीको कार्यालयमै प्रचण्डसँग प्रदेश सरकार र..
यात्रीलाई ठक्कर दिने बसलाई स्थानियद्वरा आगजनी
२८ फागुन, जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् । मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि..
नेपालले बिश्वकप छनोटको होम म्याच अवेमा खेल्ने
२८ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच पनि बहराइनमै खेल्ने भएको छ । छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो । यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ । तर, नेपालको दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । अब..
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
२८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । दाहाल सत्ता गठबन्धनका उम्मेदवार हुन् भने शर्मा कांग्रेस उम्मेदवार हुन् ।
पार्टीले योग्य ठाने प्रतिस्पर्धाका लागि तयार रहेको सुहाङ नेम्वाङको दाबी
२८ फागुन, इलाम । इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ । नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि..
मेचीनगरस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी
२८ फागुन, झापा । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन्। आगलागीको कारण पत्ता लाग्न सकेको छैन् ।
छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदै
२८ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदानमा उत्रिदैछन् । दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् । बिर्तामोडमा आइतवार भएको प्रि–म्याच कन्फ्रेसमा फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दावी गरेका हुन् । प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रुबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका..
नोवेल टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थी झुन्डिएको अवस्थामा फेला
२७ फागुन, विराटनगर । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी कोठा भित्र झुन्डिएको अवस्थामा फेला परेका छन् । भारत विहार पुर्णिया घर भई विराटनगर ४ स्थित नोवेल हस्पिटल बाहिर डेरामा बस्दै आएका थिए । अन्दाजी २५ —२६ उमेरका आँसु सिह कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अन्तिम सेमेस्टरका विद्यार्थी आईतबार बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता एंवम डिएसपी रन्जन..
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द
२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो..
एकेडेमी सञ्चालनका लागि यु–१३ छात्र–छात्रा खेलाडीहरुको खुला छनौट हुँदै
२७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वर्ष २०८१ सालदेखि यु–१३ छात्र–छात्रा फुटबल एकेडेमी सञ्चालनका लागि खुला छनौट कार्यक्रम गर्ने भएको छ । छनौट कार्यक्रम कै लागि भनेर एन्फाले आफू मातहतको जिल्ला फुटबल संघ र प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ । एन्फाका अनुसार छनौट कार्यक्रम तीन चरणहरुमा हुनेछन् । पहिलो चरणको जिल्लास्तरीय छनौट आउँदो चैत्र १५ देखि २२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेशस्तरीय छनौट चैत्र..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७