समाचार
चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ- उपप्रमुख रमेश बुढाथोकी
२७ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ । भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि..
अमेरिका भ्रमण छाडेर गृह जिल्ला पुगिन् मन्त्री भगबती चौधरी
२७ फागुन, इटहरी । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्ला पुगेकी छिन् । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी..
पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ
२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ । पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिए । पछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने नखुलेको एक नेताले बताए..
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
२७ फागुन, चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए । डा. ज्ञवालीका अनुसार उनलाई एक प्रकारको..
झापा एमालेको अध्यक्षमा दुई जनाको दावेदारी
२७ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटी झापाको शनिवार बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । अधिवेशनमा ७ सय हाराहारी प्रतिनिधि हुने छन् । पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री अग्नी खरेलको प्रमुख आतिथ्यता रहेको बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।..
एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच ‘सम्बन्ध सुधार’ भेटवार्ता
२७ फागुन, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’ भेटवार्ता भएको छ । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एउटै गठबन्धनमा सहभागी भइसकेपछि सम्बन्ध सुधार वार्ता भएको बताए । ‘विगतको समीक्षा भयो होला,’ उनले भने । तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल उत्रिएका थिए । ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास..
कराँत याक्थुङ चुम्लुङले आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने
२७ फागुन, इलाम । किराँत याक्थुङ चुम्लुङको राष्ट्रिय भेलाले ऐतिहासिक पृष्ठभूमिको आधारमा कोशी पूर्वका नौ जिल्लालाई आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । इलाममा भएको २५ औ चुम्लुङले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्षले अघि सारेको प्रदेशको नाम लिम्बुवान किराँत राख्न नसके आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश बनाउने प्रस्ताव पारित गरेको हो । भेलापछि सार्वजनिक गरिएको विज्ञप्तिमा ऐतिहासिक पृष्ठभूमि एवम् सम्बत १८३१ को लिम्बु..
पानीका कारण नेपाल र हङकङबीचको खेल स्थगित
२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख..
सुनको मूल्य हालसम्मकै उच्च
२७ फागुन । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ ।..
आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
२७ फागुन । काई हाभाट्जको निर्णायक गोलमा बेन्टफोर्डविरुद्ध २–१ को जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा खेल सकिन चार मिनेट बाँकी रहँदा काइ हाभेर्टजले विजयी गोल गरेका थिए । खेलमा अग्रता पनि घरेलु टोलीले नै बनाएको थियो । डेक्लेन रिसले १९औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा योअने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई बराबरीमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७