समाचार
दमक क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन
२६ फागुन, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम अपचलन भएको विद्यार्थीले आरोप लगाएका छन् । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)ले विज्ञप्ति जारी गर्दै तुरुन्त विद्यार्थी कल्याण कोषको सो रकम ब्यवस्थापन बारे उचित निर्णय लिन ४८ घण्टे अल्टिमेटम प्रसासनलाई दिएको छ । स्ववियू कार्यवाहक सभापति सन्जय राई र सचिव दिपक मादेनको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलन भएको रकम दुरुपयोग भएको बताईएको छ ।..
रास्वपाले इलाम-२ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने
२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक नेताले बताए । वैशाख १५ मा इलाम २ र बझाङ्गको प्रदेशसभामा हुँदैछ । रास्वपा गत मंसिरमा प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन । सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको..
फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु
२८ फागुन,दार्चुला । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो । प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको..
छिमेकीको कुटपिटबाट धनगढीमा एक जनाको मृत्यु
२८ फागुन, धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी..
प्रतिनिधिसभा निर्वाचनका लागि जसपा इलामले गर्यो तीन जनाको नाम सिफारिस
२८ फागुन, इलाम । इलाम–२ मा आगामी वैसाख १५ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल इलामले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको जसपा जिल्ला समितिको बैठकले तीन जना सम्भावित उम्मेद्वारको नाम लिम्बुवान राष्ट्रिय समितिमार्फत प्रदेश नं. १ समितिमा सिफारिस गरी पठाएको हो । यसरी सिफारिस हुनेहरुमा जसपा नेपालका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बू रहेका छन्..
बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु
२८ फागुन, झापा । बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारी नजिकै सडक किनारमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साईकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनको टाउको बजारिएको, एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अबस्थामा..
राप्रपा कार्यलयमा भएको कुटपिटको बिषयमा प्रहरीले थाल्यो छानबिन
२८ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने । प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतले भने आवश्यकता अनुसार, आइतबार पूर्वएआईजीसमेत रहेका श्रेष्ठले आवश्यकता अनुसार किटानी जाहेरी समेत दिने..
९ महिनामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान तयार
२८ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् । गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी..
प्रधानमन्त्रीलाई बिश्वासको मत नदिन सांसदहरुलाई लेखकको निर्देशन
२८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।
आज ग्याल्पो ल्होसार पर्व मनाइदै
२८ फागुन ।आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । फाल्गुन शुक्ल प्रतिपदाका दिनलाई विशेषगरि हिमाली क्षेत्रका शेर्पा समुदायकासाथै देशका विभिन्न स्थानमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । आज आइतबार २१५१ औँ ग्याल्पो ल्होसार मनाइँदैछ । यस पटक गाई वर्ष पूरा भई बाघ वर्ष शुरु भएको हो । ल्होसार पर्वलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरेर १२ वर्गमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७