माधव मिसिएपछि नयाँ गठबन्धनमा ७ बुँदे सहमति

२९ फागुन, काठमाडौं । सत्तारुढ पाँच दलबीच सात बुँदे सहमति भएको छ । आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा उक्त सहमति भएको हो । अहिले (एमाले), नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी छ । जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको..

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी

२९ फागुन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आज (मंगलबार) बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो । सबै सांसदलाई अनिवार्य रुपमा उपस्थित हुन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले भनेको छ । प्रधानमन्त्रीले भोलि (बुधबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभामा रास्वपाको..

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि

२९ फागुन । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र..

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

२९ फागुन, काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । बालुवाटार बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल..

छैँठौ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज युनाइटेड

२९ फागुन, बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोली..

पपुवा न्युगिनीलाई हराउँदै नेपाल टी-२० आई सिरिजको फाइनलमा

२९ फागुन ।  नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा..

एमालेले बोलायो संसदीय दलको बैठक

२९ फागुन । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बैठक बोलाइएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्। यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई..

चीन-रुस-इरानले संयुक्त सैन्य अभ्यास गर्ने

२९ फागुन । चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ। चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमार्फत सार्वजनिक विज्ञप्तिअनुसार सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्त रूपमा कायम राख्ने’ रहेको छ। विज्ञप्तिमा धेरै विवरण नखुलाई भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ।” यस क्षेत्रमा गत..

कर्णाली पुुलमा आवागमन बन्द

२९ फागुन । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ। पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ। आज बिहान अर्को प्राविधिकको..

४१३ पालिकामा सकियो दादुरा-रुबेला खोप अभियान

२९ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ। हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन्। शाखा प्रमुख..