ढुक्क भएर लगानी गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

३ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजेतालाई शनिबार पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए । “देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले..

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित

३ चैत, काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे । नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् । भक्तपुरको निष्ट स्कूलले तयार पारेकाे..

दमक क्याम्पसको ५५ लाख अनियमितताका विरुद्ध अखिलको ३ दिने अल्टिमेटम

३ चौत्र, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा खर्च गर्नु न्यायोचित नभएको भन्दै उनिहरुले विद्यार्थीकै लागिमात्र सो रकम खर्च गरिनु पर्ने माग गरेका छन् । ८ बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम रकमान्तर गरेर प्रसासनमा खर्च गरेपनि हालसम्म त्यस बिषयलाई क्याम्पसले गुपचुप बनाएको उनिहरुको आरोप छ..

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

३ चैत, काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ । शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य..

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रः सिटीको भेट १४ पटकको विजेता रियलसँग

३ चैत । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनीक गरिएको छ । शुक्रबार सार्वजनीक ड्र अनुसार स्पेनिस जायन्ट रियल मड्रिड र इङ्ल्याण्डको म्यानचेस्टर सिटी अन्तिम ८ मै भिड्ने भएका छन् । सिटीको भेट च्याम्पियन्स लिगको १४ पटकको विजेता रियलसँग क्वार्टरफाइनमै जुरेको हो । ड्र अनुसार इङ्लिस क्लब आर्सनलले जर्मन महारथी बायर्न म्युनिखलाई प्रतिद्धन्दीको रुपमा पाएको छ । अर्काे स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन बोरुसिया डर्टमण्डको चुनौती पार गर्नुपर्ने भएको छ..

रोनाल्डोको गोलमा अल नासरको जित

३ चैत । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले साउदी प्रो लिगमा जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासरले अल अहलीलाई १–० गोल अन्तरले हराएको हो । अल नासरका लागि रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ६८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । ५८ खेलमा रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरेका हुन् । साउदी प्रो लिग सहित एसियन च्याम्पियन्स लिग, किंग्स कप, सुपर कप र..

कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु

३ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्रि वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन् । कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तुको कोरिया निर्यात गरिने छ । कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका..

सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्त ऋणीले लिए आन्दोलन फिर्ता

३ चैत, काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो । सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिको पूर्णपाठ नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा लघुवित्त वित्तीय संस्थाका क्षेत्रमा देखिएका समस्या..

इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्रलाई पर्यटकीय हव बनाइने

३ चैत, पाँचथर । लोपन्मुख वन्यजन्तु तथा जडिबुट्टि पाइने सुकेपोखरी लोहाकील क्षेत्र बिगत १५ बर्षदेखि सुर्याेदय स्थल, गुराँस क्षेत्र र हिउ खेल्ने प्रमुख क्षेत्र भएको छ । मौसम अनुसार त्यहाँबाट हिमाल, अन्य पहाडहरु तथा तराईका मनमोहक दृश्यवालोकन गर्न सकिने थलोको रुपमा परिचित भएको छ । इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्र पर्यटकीय हव बनाउन लागिएको हो । इलाम नगरपालिका ३ नम्बर वडा र पाँचथर जिल्लाको फिदिम नगरपालिका..

इलाम २ उपनिर्वाचनः पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाउने

३ चैत, इलाम । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको..