एसियन छनोटमा स्वर्ण जित्दै पारा ओलम्पिकमा छनोट भइन् पलेशा गोबर्धन

४ चैत । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा पलेशा गोबर्धन छनोट भएकी छिन् । चीनमा भएको छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पारा ओलम्पिकमा छनोट भएकी हुन् । चीनमा भएको एसियन छनोटमा तेक्वान्दोकी पलेशाले महिला ५७ केजीमा स्वर्ण जितेकी हुन् । पलेशा प्यारालिम्पिक्समा प्रतिस्पर्धाबाट छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । नेपाली खेलकुदमा दीपक विष्ट र संगिता वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका छन् । ओलम्पिकका बाँकी..

पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा पोखराको ब्रान्डिङ हुन्छः प्रधानमन्त्री प्रचण्ड

४ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् । आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवद्र्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् । पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद,..

एकतर्फी प्रेमपछि हत्या

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ । स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका–३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । २४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको..

चकित्सकले बिरामीको आन्द्रा भित्रबाट निकाले माछाको काँडा

४ चैत, बिर्तामोड । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट माछाको करिब ४ सेन्टिमटरको काँडा शल्यक्रिया गरी निकालेको हो । सहनी बिहीबार घरमा माछा पकाएर खाएका थिए । शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक..

श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमकको प्रथम साधारण सभा सम्पन्न

४ चैत, दमक । श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमक झापाको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले १३ सदस्यीय समिति चयन गरेको छ । जसको अध्यक्ष रोहित आचार्य, उपाध्यक्ष सुनिल अग्रवाल, सचिव प्रेम भट्टराई, सह सचिव कृष्णप्रसाद अधिकारी र कोषाध्यक्ष इन्दु बस्नेत चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण श्रेष्ठ, रामप्रसाद चाम्लिङ, सीमा अग्रवाल, गायत्रा लामिछाने, पारश आचार्य, देवी गिरी, हरी अधिकारी र शेखर खड्का रहेका छन्..

कर्नरस्टोन फाउण्डेशनले विभिन्न कार्यक्रम गरि मनायो आठौ बार्षिकोत्सव 

४ चैत, दमक । झापाको दमक–५ मा रहेको कर्नरस्टोन फाउण्डेशनले हिजो (शनिबार) विभिन्न कार्यक्रम गरि आठौ बार्षिकोत्सव मनाएको छ । फाउण्डेशनमा अध्ययनरत बाल कलाकारको प्रस्तुतीले ठूलो संख्यामा उपश्थित दर्शक दिर्घमा थामिनसक्नुको हाँसोले हल गुन्जयमान बनेको थियो । स्टेजमा बाल कलाकार कोही हाँस्दै नाच्न थाले भने कोही रुन थाले । बाल कलाकारको प्रस्तुती बढो रोमान्टीक थियो । स्थानीय मातृभूमि अतिथि सदनमा बार्षिकोत्सव विशेष कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य निवन्ध र वक्तृत्वकलाको..

भारतको मुम्बईमा काम गर्दै आएका आठ बालकको उद्धार

४ चैत । रौतहटका ७ र कपिलवस्तुका १ गरी ८ जना बालकलाई भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। भारतको मुम्बईमा श्रमिकको रूपमा काम गरिरहेका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा बाल हेल्प लाइन बारा, संरक्षण नेपाल बारा, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर लगायतका गैरसरकारी संस्था र भारतीय प्रहरी मुम्बईको सहयोगमा उद्धार गरिएको हो। उनीहरूलाई भारतको मुम्बईबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय बाराको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सामुदायिक विकास तथा..

शान्ति सामुदायिक वनमा भीषण डडेलो

४ चैत, झापा । अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वनमा भीषण डडेलो लागेको छ । डडेलोका कारण गाँजाबारी, मिश्रटार, टाङ्टिङ, जोगिखाँद लगायतका स्थानको जङ्गलमा ठुला रुख बाहेक बिरुवा र लार्था सखाप भएको छ । सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले करिब २र३ दिन अगाडी जङ्गलमा डडेलो देखापरेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार डडेलो प्रभावित स्थानमा नियन्त्रणका लागि प्रयास गरिएको थियो । हावाको वहावका कारण आगो फैलिन पुगेको कोइरालाले बताउनुभयो । डडेलो..

भोजपुरमा आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु

४ चैत । भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको मृत्यु भएको हो । गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न..

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो

४ चैत, काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो । आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । अनलाइनखबरसँग कुरा गर्दै एआईजी ज्ञवालीले भने, ‘आज हामीले प्रतिवेदन बुझेको छौं । अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ अहिले नै कसलाई कारबाही हुने, कसलाई पक्राउ गर्ने भन्ने विषय..