समाचार
ब्राउन सुगरसहित झापामा सात जना पक्राउ
७ चैत, झापा । झापामा लागु औषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका..
१८ वर्षीय सेन्ट्रल मिडफिल्डर कोबी पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा
७ चैत । इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका कोबी माइनुलाई पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा बोलाइएको छ। ब्राजिल र बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेलका लागि १८ वर्षीय सेन्ट्रल मिडफिल्डर माइनुलाई टोलीमा बोलाइएको हो। इङ्ल्यान्ड फुटबल संघले मंगलबार विज्ञप्तिमा जारी गर्दै भनेको छ,‘कोबी माइनुलाई इङ्ल्यान्डको सिनियर टोलीमा पहिलो पटक बोलाइएको छ।’ मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा गर्नुअघि इङ्ग्ल्यान्डले ब्राजिल र बेल्जियमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने..
खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता
७ चैत, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच भेटघाट भएको छ। युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार भएको भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो। भेटमा नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्त्वलाई पहिचान गर्दै विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको बार्कलेले जानकारी दिए। मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण..
चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु
७ चैत, पाँचथर। चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका..
सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न पैदल यात्रा गर्दै प्रहरी
७ चैत, झापा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१÷१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र..
नेपालको जलविद्युत र मल उत्पादनमा लगानी गर्न अर्थमन्त्री पुनद्वरा रुसलाई आग्रह
७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभसँगको भेटमा अर्थमन्त्री पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,’ मन्त्री पुनले भने । सरकारले स्वदेशमै रासायनिक मल कारखाना..
साढे सात लाख रुपैयाँ लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ
७ चैत, काठमाडौँ । लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा वृत्तका हवल्दार चक्रबहादुर शाहीसहित दुईजना छन् । उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ ।
इलाम-२ उपनिर्वाचनका लागि कांग्रेसद्वारा सात जनाको नाम सिफारिस
७ चैत, इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ । इलाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले दिएको जानकारीअनुसार बैठकले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । आचार्य महासमिति सदस्य हुन् । सभापति इदिंगोका अनुसार..
‘रास्वपा’ ले इलाममा उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने
७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ। रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका निकालेको हो। जसअन्तर्गत चैत ६ देखि १४ गतेसम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन्। प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ। चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ। १५ गते..
आईसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा, आज प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग भेटवार्ता गर्दै
७ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क तीन दिनदेखि नेपालमा छन् । नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा उनी चार दिवसीय भ्रमणका लागि सोमबार आएका हुन् । विश्व क्रिकेटको सर्वाेच्च संस्था आईसीसीका अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । क्यानले धेरै समयदेखि उनलाई नेपालमा ल्याउन प्रयास गरिरहेको थियो । पटक–पटक आग्रह गरिएपछि बार्कले समय मिलाउन सकेका थिएनन् । पछिल्लो पटक भारतको विश्वकपपछि नेपाल आउने उनले..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७