समाचार
नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, झापामा ४ जना फेरिदै
८ चैत । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसअनुसार खाली रहेको जिल्ला प्रहरी कार्यालय झापामा कृष्णकुमार चन्द आउने भएका छन् । उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आउने भएका हुन् । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा..
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
८ चैत, झापा । अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपियन मुलुक माल्टामा हुने भएको छ । सम्मेलन अप्रिल २७ र २८ तारिख अर्थात आगामी वैशाख १५ र १६ गते हुने भएको हो । समाजको दोस्रो बैठकले तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको एक..
सँगै सुतेको साथीलाई खन्तीले हानेर हत्या
८ चैत, झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहिवार बिहान ५ बजेको हो । कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा..
आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ८ सय
८ चैत । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २४ हजार..
बलिया टोलीलाई नेपाल बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्यः बार्कले
८ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताएका छन्। तीन दिने भ्रमणका क्रममा नेपालमा रहेका उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानको अवलोकन गरेपछि उक्त कुरा बताएका हुन्। नेपालले बलिया टोलीलाई बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्य भएको उनले बताए। तर, उक्त पूर्वाधार नेपालसँग नरहेको उनले बताए। ‘नेपालमा धेरै समर्थक छन्। तर, पूर्वाधारमा धेरै विकास गर्नुपर्ने आवश्यकता छ। रंगशालामा..
रफाहामा आक्रमणको तयारी गर्दै इजरायल
८ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार गाजाको दक्षिणी सहर रफाहामा आक्रमणको तयारी भइरहेको बताएका छन् । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने उनले बताए । रफाहामा लगभग १.५ मिलियन विस्थापित प्यालेस्टाइनीले शरण लिएका छन् । गएको साता नेतान्याहूले प्यालेस्टाइनी कैदीको बदलामा बन्धकलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गरेका थिए ।
भिडियो हेर्ने विषयमा विवाद हुँदा घाँटी रेटेर साथीको हत्या
८ चैत, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए । गम्भीर..
विश्वकप र एसियन कपको संयुक्त छनोटअन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै
८ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२ः४५) बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ । आज हुने खेल नेपालको होम म्याच रुपमा हुनेछ । किनभने होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान..
बाँसबारी जग्गा प्रकरणमा आफूमाथि राजनीतिकरण गरिएको बिनोद चौधरीको आरोप
८ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण..
प्रधानमन्त्री प्रचण्ड र आईसीसी अध्यक्ष बार्कलेबिच शिष्टाचार भेट
७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७