अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु, ५० घाइते

९ चैत । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विस्फोट भएको थियो । बीबीसीका अनुसार तालिबान सरकारले..

बलात्कार अभियोगमा ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई ९ वर्ष जेल सजाय हुने

९ चैत । ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे । इटलीको अदालतले सजायँ सुनाउनु अघि नै उनी ब्राजिल..

काठमाडौंमा एमालेको हैसियत दस प्रतिशत मात्रै भयो, यसलाई बदल्नु छ’- एमाले अध्यक्ष ओली

८ चैत, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पार्टी दस प्रतिशतमा खुम्चिएको बताएका छन्। पार्टी काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दसवटा निर्वाचन क्षेत्रमध्ये एमालेले मुस्किकले एउटा जित्न सकेको बताएका हुन्। ‘गएको निर्वाचनमा दसवटा निर्वाचन क्षेत्रमध्ये एउटामा हामीले मुस्किलले जित्यौं। यस स्थितिलाई अनिवार्यरूपले बदल्नु छ। बदल्नैपर्छ। एमालेका लागि काठमाडौंमा यस्तो खालको पराजय कुनै हालतमा पनि स्वीकार्य हुन सक्दैन।..

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीले दिए बयान

८ चैत, काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद विनोद चौधरीले बिहीबार करिब ३ घन्टा बयान दिएका छन् । माइतीघर मण्डलास्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा गएर उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतहरू र सो मुद्दा हेर्ने सरकारी वकिललाई बयान दिएका हुन् । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयर मार्फत ‘चौधरी समूह’ले जग्गा निजीकरण गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ..

शाखा अधिकृतको तीन करोड २१ लाख अवैध सम्पत्ति, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

८ चैत, काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । सो सम्बन्धमा छानबिन हुँदा उनको तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा बराबरको सम्पत्ति अवैधानिक देखिएकाले सोही बराबरको रकम बिगो..

‘रास्वपा’ का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर

८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ । निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो । उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो । आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम हुँदैनः डा. भट्टराई

८ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम नहुने बताएका छन्। काठमाडौंमा हिजो (बुधबार) पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘राजनीतिक स्थिरताबिना देशमा सुशासन हुँदैन। त्यसको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनैपर्छ।’ एक वर्षमा तीनचोटि सरकार परिवर्तन भएको पनि उनले बताए। ‘यस्तो अस्थिरतामा देश विकास हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री तथा पूर्ण समानुपातिक..

रुसी सेनामा कार्यरत झापा हल्दिबारीका ३२ वर्षीय गंगाराम अधिकारीको मृत्यु

८ चैत । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम अधिकारी सहित ७ जना युवाले अवैध बाटो रोजेर पेट पाल्नका लागि अकालमा मर्नु परेको बाध्यता हेर्दा नेपालको राजनीति कहिले सही गतिमा आउला भन्ने प्रश्न उठिरहेको छ । झापाको हल्दिवारी १ का ३२ वर्षीय गंगाराम..

कृष्णबहादुर महरासँग आज पनि बयान लिइँदै

८ चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौँ कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए । कार्यालयका प्रमुख श्रेष्ठका अनुसार महरासँग बयान शुरु भएको र आज पनि बयान लिइनेछ । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन..

श्रमसचिव भण्डारीको राजीनामा स्वीकृत, चूडामणि पौडेल सचिवमा बढुवा

८ चैत, काठमाडौं । चूडामणि पौडेललाई सरकारले विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् । अब सचिव बढुवा भएसँगै उनको पदस्थापन पनि कर्णालीमै हुने छ । पौडेल यसअघि २ पटक सचिव बढुवा..