समाचार
१७ वर्षीय एन्ड्रिकको पहिलो अन्तर्राष्ट्रिय गोलमा ब्राजिल बिजयी
११ चैत । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न खेलमा ब्राजिलले घरेलु टोली इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा एन्ड्रिकले गरेको गोल निर्णायक रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ७१औँ मिनेटम रोड्रिगोको स्थानमा मैदान छिरेका एन्ड्रिकले ९ मिनेटपछि नै ब्राजिलका लागि गोल गरे। उनले भिनिसियस जुनियरले दिएको पासलाई अफ साइड बिट गर्दै गोल गर्न सफल भएका थिए। १७..
खेलकुद मन्त्री श्रेष्ठले भने, ‘अहिले ट्रेलर मात्रै हो, फिल्म ८४ मा आउँछ’
१० चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको बताए । अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गरे । अहिले आम नेपालीलाई ‘सर्भिस..
‘आईएस’ले लियो रुसको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी
१० चैत । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ । हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसले लिएको छ । आईएसले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै भनेको छ,..
बाह्रदशीमा टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यको पहिलो चरण काम पुरा
१० चैत, बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यले थालेको पहिलो चरणको काम पुरा गरेको छ । सबै वडामा कालोपत्रे सडक पुराउने पहिलो चरणको योजना सम्पन्न गरेको हो । बाह्रदशी गाउँपालिकाले सात वटै वडामा ५–५ सय मिटर कालोपत्रे गर्ने अघिल्लो वर्षको निर्णय कार्यान्वय गरेको छ । हरेक वडामा कालेपत्रे गर्ने कामका लागि ४०–४० लाख बजेट बिनियोजन गरिएको थियो । भर्खरै वडा नं.२ र ३ को सीमामा पर्ने..
इलामका किसान व्यावसायिक सुपारी खेतीमा रमाउँदै
१० चैत, फिक्कल (इलाम) । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० का दरले बिक्ने गरेको छ ।” घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने..
एमाले झापाको ११औं जिल्ला अधिवेशन चैत १५ गते
१० चैत, बिर्तामोड । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । सो अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटीको नवौं पूर्ण बैठकले गठन गरेका ११ वटा उपसमितिले आ–आफ्ना जिम्मेवारीहरु क्रमशः पूरा गर्दै गएको उपसमितिका संयोजकहरुले सचिवालय बैठकमा जानकारी गराएका छन् । बिर्तामोडको अग्रसेन भवनमा गरिने अधिवेशनका लागि..
भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर दमकमा एक जनाको मृत्यु
१० चैत, दमक । झापाको दमक नगरपालिका– २ स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार दिउँसो ११ बजे धिमालले सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको..
नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
१० चैत । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो..
महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक
१० चैत । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत..
नैतिकताको आधारमा गृहमन्त्रीेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन्ः शेखर कोइराला
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दाेष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने । सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७