समाचार
इलाम २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय
११ चैत, इलाम । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो..
‘होलीपर्व’ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्याउँछः राष्ट्रपति
११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख बताएका छन्। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे। ‘होलीपर्व असत्यमाथि..
मस्को कन्सर्ट हल आक्रमणः मृत्यु हुनेको संख्या १३३ नाघ्यो
११ चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुनेको संख्या १२१ छ । १०७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो क्रूर नरसंहारमा प्रत्यक्ष संलग्न चार अपराधीसहित ११ जनालाई हिरासतमा लिइएको रूसी संघीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ । व्यापारिक केन्द्रसहितको हलमा शुक्रबर..
आयरल्याण्डसँग खेल्ने नेपाल ए टीमको घोषणा
११ चैत । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी–यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी–२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो । विनोद भण्डारीको कप्तानीमा दुवै फम्र्याटको टोली घोषणा गरिएको हो । टी–२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री,..
भद्रपुरको मेचीपारि नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै
११ चैत, झापा । भद्रपुरको मेचीपारि गाउँ आसपासको नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको छ । मेचीपारि नाकाबाट भन्सार छलेर दिनहुँ जसो सरसामान नेपाल भित्रिरहेको छ । मेचीपारि नाकाबाट तस्करी मौलाउँदा समेत त्यहाँ आसपास तैनाथ प्रहरी चौकी मेचीपारि, आपगाँछी प्रहरी चौकी महेशपुर र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महेशपुरका टोलीमाथि मिलेमतोको आशङ्का उब्जिएको छ । मेचीपारि नाकाबाट तस्कर समूहले भित्राउने सरसामान वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल..
सीआईबीका ४ इन्स्पेक्टर हटाइए
११ चैत । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत ४ जना इन्स्पेक्टरलाई हटाइएको छ । सीआईबीमा कार्यरत रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको थियो । ६०..
उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै
११ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा..
आज एमाले सचिवालय बैठक
११ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ ।
रेड बुल्ससँग इन्टर मियामीको लज्जास्पद हार
११ चैत । लेविस मोर्गनले ह्याट्रिक गोल गरेसँगै अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले हार बेहोरेको छ। शनिबार राति सम्पन्न खेलमा न्यूयोर्क रेड बुल्सले मियामीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टोली बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गोल गरे। यता, विकलम्यान कार्माेनाले १ गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बुल्सले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। मोर्गनले खेलको ३, ५१ र ७०औँ मिनेटमा गोल गरेका थिए।..
विट्र्जले गरेको ७ सेकेन्डको कृतिमानी गोलमा जमर्नी बिजयी
११ चैत । जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सलाई पराजित गरेको छ। ग्रुपमा स्टेडियममा शनिबार राति सम्पन्न खेलमा जर्मनीले घरेलु टोली फ्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा फ्लोरियन विट्र्ज र काई हाभर्टले गोल गरे। खेलको शुरू भएको ७ सेकेन्डमै जर्मनीले खेलमा अग्रता लिएको थियो। टोनी क्रुसको पासमा अट्याकिङ मिडफिल्डर विट्र्जले गोल गर्न सफल भए। योसँगै २० वर्षीय विट्र्ज जर्मनीको राष्ट्रिय टोलीबाट सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७