नेपालले आज आयरल्यान्ड ‘ए’ टीमसँग खेल्दै

१२ चैत । आयरल्यान्ड ‘ए’ टीमसँगको दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी–२० अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र..

गाजामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु

१२ चैत । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाइँ जारी राखेको छ । इजरायलले यसअघि पनि सो अस्पताललाई निसाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमान्ड सेन्टरका रूपमा..

होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई युवाको मृत्यु

१२ चैत, काठमाडौं । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको ढोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस..

आईपीएलः गुजरात टाइटन्सको विजयी सुरुआत

१२ चैत । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा..

प्रधानमन्त्रीले गलहत्याएर कांग्रेसलाई फ्याँके जस्तो अवस्थामा ‘रास्वपा’ नपुग्ने

११ चैत, चितवन । गृहमन्त्री रवी लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि आफूले चालेको कदम नरोक्ने बताएका छन् । जतिसुकै ठूला माछा भएपनि जनताले कारबाही गर्ने म्याण्डेट दिएर पठाएको उनले बताए । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको बताए । होली मनाउन चितवन आइपुगेका रविले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।..

एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गर्यो

११ चैत, काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने..

जनतामा आशा र भरोसा जगाउने कुरामा केन्द्रित भएर काम गर्न सरकारलाई एमालेको सुझाव

११ चैत, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो । सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई..

६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

११ चैत । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल..

सुहाङलाई समर्थन गर्न एमालेले गर्यो ‘रास्वपा’लाई अनुरोध

११ चैत, काठमाण्डौँ । नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छाैं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’ रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको..

च्यासलमा एमाले नेताहरु होली मनाउदैँ (फोटो फिचर)

११ चैत, काठमाण्डौँ । नेकपा एमालेका नेताहरूले होली मनाएका छन् । पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि नेताहरूले एकअर्कामा रङ दलेर खुशी साटासाट गरे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेललगायतका पार्टी पदाधिकारीले एकअर्कामा रङ दलेका हुन् ।