झिलझिलेमा भेट्रान कप फुटवल प्रतियोगिता हुने

१० चैत, झिलझिले । झापाको झिलझिलेमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । स्वर्गिय नवीन राईको स्मृतिमा दोस्रो संस्करणको भेट्रान प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यहि चैत १५ गतेदेखि २३ गतेसम्म झिलझिलेमा रहेको गणेशमानसिंह प्रतिष्ठान खेलमैदानमा हुँदैछ । प्रतियोगितामा झापा, मोरङ्ग र सुनसरीका १० वटा टिमको सहभागिता रहने आयोजकले आज प्रत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगिताका लागि विदेशमा रहनुभएका खेलप्रेमी, पूर्वखेलाडी, समाजसेवी साथै..

सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा, अवस्था गम्भीर

१० चैत । हिजो सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठीमी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बतायो । स्रोतका अनुसार बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको थियो । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन् । चिकित्सकले बस्याललाई बचाउन प्रयासरत रहेको आज ब्रिफिङ गरे..

झापाको कनकाईबाट लागुऔषधसहित एकजना पक्राउ

१० चैत, झापा । प्रहरीले झापाको कनकाईबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । बिहिवार राति ८ः४५ बजेको समयमा कनकाई–४ पूर्वपश्चिम राजमार्ग कनकाई पुलछेउमा दमक १ बस्ने २७ वर्षीय छङ राईको साथबाट प्रहरीले विभिन्न लागुऔषधसहित पक्राउ गरेको हो । बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे.१० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो । उनले..

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

१० चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो। केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको जानकारी दिए।हिरासतमुक्त भएपनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। चैत्र ५ गते सोमबार..

रुसको एक कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु

१० चैत ।  रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् । रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको छ। “शवको परीक्षण भइरहेको छ । आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ,” बीबीसीले समाचारमा उल्लेख गरेको छ, दुर्भाग्यवश, पीडितहरूको संख्या बढ्न सक्छ ।”

लिबियामा ६५ आप्रवासीको शव भएको सामूहिक चिहान फेला

१० चैत । यस साता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक प्रवक्ताले सामूहिक चिहानलाई लिबियाली सुरक्षा बलहरूले फेला पारेको बताए । आइओएमले ‘अत्यन्तै स्तब्ध र निराश’ भएको बताएको छ । साथै उसले मृत्युको अवस्था ‘अज्ञात’ बनेको बताएको छ । एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘तर मरुभूमिमा तस्करीका क्रममा उनीहरूको मृत्यु..

राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिने

१० चैत । तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको छ । नेपाल राष्ट्रको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी भरतपुर महानगरपालिका र नेपाल राष्ट्रका बीच शुक्रवार सम्झौता भएको हो । महानगर प्रमुख रेनु दाहाल र नेपाल राष्ट्रका सदस्य सचिव झलकराम अधिकारीले दियालो बंगाला खुला गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्रको ७८औं सञ्चालक..

दीपक र सन्तोषीले जिते तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

१० चैत्र, काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । उनले नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारेका थिए । पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारे । तीर्थ..

झापाको अर्जुनधारामा सुपारी चोर पक्राउ

९ चैत, झापा। झापाको अर्जुनधारामा सुपारी चोर्दै गरेको अवस्थामा बगानबाटै चोर पक्राउ परेका छन् । बिहिवार बेलुकी अन्दाजी ७ बजे अर्जुनधारा–५ फुलबारी टोलस्थित देवि गिरीको सुपाडी बगानबाट काचो सुपारी झारी बोरामा लगाएर लैजादै गरेको अवस्थामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा–७ बस्ने सुनिल राई र अर्जुनधारा–८ बस्ने ‘आलो’ भनिने सुरज मण्डल रहेको प्रहरीले बताएको छ। उनीहरुको साथबाट ५ वटा बोरामा भरेको १..

झापामा मिटर ब्याजसम्बन्धी कारबाही सुरु

९ चैत, बिर्तामोड । झापामा अनुचित लेनदेन अर्थात मिटरब्याज लिनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटर ब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको हो । अहिलेसम्म झापामा मिटर ब्याजसम्बन्धी ८२ वटा निवेदन र जाहेरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ६८ वटा निवेदन, जिल्ला प्रहरी कार्यालयमा ६ वटा निवेदन र ६ वटै जाहेरी र इलाका..