टी २० क्रिकेटमा नेपालद्वरा आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

१२ चैत । नेपालले पहिलो टी २० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे ।..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः इटालीको लगातार दोस्रो जित

१२ चैत । इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित हासिल गरेको छ। अमेरिकाको न्यू जर्सीस्थित रेड बुल एरेनामा सम्पन्न खेलमा इटालीले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको हो। मैत्रीपूर्ण खेलमा इटालीको यो दोस्रो जित हो। पहिलो मैत्रीपूर्ण खेलमा इटालीले भेनेजुएलालाई २–१ गोल अन्तरले पराजित गरेको थियो। इक्वेडरविरुद्ध जित दिलाउन लोरेन्जो पेलेग्रिनी र निकोलो बारेलाले १,१ गोल गरे। खेलको तीन मिनेटमै पेलेग्रिनीको गोलमार्फत इटालीले अग्रता लिएको थियो। फ्रिक्रिक प्रहार गर्दा..

जसपा सांसद कार्की वन राज्यमन्त्री नियुक्त

१२ चैत, काठमाडौं । मन्त्रिपरिषद्‌मा एक राज्यमन्त्री थपिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले राज्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई वन तथा वातावरण मन्त्रालयको विभागीय जिम्मेवारी तोकिएको छ । वन तथा वातावरणमन्त्रीमा जसपाकै नवलकिशोर साह मन्त्री छन् । धनुषा–१ बाट निर्वाचित कार्की जसपाले थप एक राज्यमन्त्रीको कोटा पाएसँगै मन्त्रिपरिषद्मा सहभागी हुन पाएका हुन् ।

निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र

१२ चैत, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क शिक्षाका सम्बन्धमा लागु गर्नपर्ने कानुनी व्यवस्थाहरु कार्यान्वयमा कडाइ गर्न स्थानीय तहलाई निर्देिशत गरेको हो । विभिन्न नाममा जथाभावी शुल्क असुल्ने काम रोक्न समेत आग्रह गर्दै सबै स्थानीय तहलाई मन्त्रालयले पत्र लेखेको..

बिश्वाशिलो साकोस दमकले गर्यो बालआश्रमलाई २१ हजार सहयोग

१२ चैत, झापा । झापाको दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीच दमकस्थित बाल आश्रमका बालबालिकाहरुसंग होली मिलनसहित नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको छ । बिश्वाशिलो साकोसले सोमबार आफ्नो १३औं स्थपाना दिवसको अवसर पारेर दमक–९ मा रहेको बाल आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई होली मिलन कार्यक्रम गर्नुका साथै आश्रमलाई नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको हो । आश्रममा २९ जना बालबालिकाहरु आश्रित छन्..

शान्ति समाजले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

    १२ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं..

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ पुगे

१२ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी..

शक्तिखोर औद्योगक क्षेत्रको विषयमा बजेट सम्बोधन हुने

१२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न..

बिर्तामोडमा मनाइयो विश्व क्षयरोग दिवस २०२४

१२ चैत, झापा । झापाको बिर्तामोडमा विश्व क्षयरोग दिवस २०२४ प्रभातफेरी गर्दै मनाइएको छ । स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान बिर्तामोड बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । सो अवसरमा बिर्तामोड स्वास्थ्य शाखा, स्वास्थ्यका कर्मचारी, बिर्तामोड क्षेत्रका अस्पतालहरु समेतको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो । विभिन्न सचेतनामुलक नारा लेखिएका प्ले–कार्डसहितका सहभागीहरुले बिर्तामोड परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो । ‘हो, हामी क्षयरोग..

तराई–मधेसमा आज होली मनाइँदै

१२ चैत । तराई–मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली पर्व मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ..