समाचार
विद्युत् पूर्वाधारमा लगानी बढाउन एआईआईबीसँग प्राधिकरणको आग्रह
१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) समक्ष आग्रह गरेको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरे । नेपालको ऊर्जा क्षेत्रको रुपरेखा तथा..
भाडाका सवारी साधनको इजाजत अब अनलाइनबाट
१३ चैत । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ । बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय खर्च गर्न नपर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयका प्राविधिक इन्जिनियर सुदिप फुयाँलले जानकारी दिए । यो प्रणाली हाललाई बागमती प्रदेशमा मात्र लागू भएको छ । अरू प्रदेशमा लागू गरेको खण्डमा सेवाग्राहीले राहत पाउनेतर्फ ट्राफिक कार्यालयका..
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै
१३ चैत । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् । विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।..
कोहलपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
१३ चैत, बाँके । बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरा गरी बस्दै आएका २२ वर्षीय अनिल बिक पत्नी हत्याको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बर्दियाको बाँसगढी– ४ घर भइ हाल कोहलपुर–१४ मा बस्दै आएका बिकले गए राति १० बजे २१ वषीया श्रीमती सुशीला सुनारको हत्या गरेका जिप्रका बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । ‘घरायसी विवादमा..
एमाले उपाध्यक्ष विष्णु पौडेल हिँडे चीन भ्रमणमा
१३ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।
विश्वकप छनोटः आज नेपालले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै
१३ चैत । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ । नेपाल समूह ‘एच’मा छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा १–० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा भिन्चेन्सो अल्बर्टाे एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को..
कांग्रेस महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट इलामबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो । बुढाथोकीको..
टी–२० अभ्यास खेलः आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल
१३ चैत । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी..
शिवसताक्षीमा होलीको रंग पखाल्न कन्काई नहरमा पसेका १५ बर्षीय बालकको मृत्यु
१२ चैत, झापा । होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । झापाको शिवसताक्षी–११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो । उनी शोमबार दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए । अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी..
राष्ट्रियसभा प्रमुख सचेतकमा कांग्रेसले गर्यो कृष्णबहादुर रोकायालाई नियुक्त
१२ चैत । नेपाली कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई नियुक्त गरेको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले रोकायालाई सचेतकको जिम्मेवारी तोकेका हुन् । देउवाले यसअघि राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई नियुक्त गरेका थिए । कांग्रेस संसदीय दलको विधानानुसार दलको नेता देउवाले सचेतक तोकेका उनका निजी सचिव केशव जोशीले जानकारी दिए ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७