भाडाका सवारी साधनको इजाजत अब अनलाइनबाट

भाडाका सवारी साधनको इजाजत अब अनलाइनबाट

१३ चैत । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ । बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय खर्च गर्न नपर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयका प्राविधिक इन्जिनियर सुदिप फुयाँलले जानकारी दिए ।

यो प्रणाली हाललाई बागमती प्रदेशमा मात्र लागू भएको छ । अरू प्रदेशमा लागू गरेको खण्डमा सेवाग्राहीले राहत पाउनेतर्फ ट्राफिक कार्यालयका प्रमुख पोष राज पोख्रेलले ध्यानाकर्षण गराए ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्षमण लम्साल भने –ुहामीलाई अपर्झट सार्वजनिक साधन लिएर कतै जानू पर्ने अवस्था सृजना हुन सक्छ यस्तो अवस्थामा हामी अब आफ्नो मोबाइलबाट अस्थायी पास (पटके) लिएर आफ्नो भाडाको साधन लिएर जान सक्छौ । केन्द्रीय सरकारसँग चार महिनाको अथक प्रयास पछि हामी यो प्रविधि भित्र्याउन सफल भएका छौँ ।

प्रतिक्रिया:

सम्बन्धित खवर