शान्ति समाजले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

    १२ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं..

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ पुगे

१२ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी..

शक्तिखोर औद्योगक क्षेत्रको विषयमा बजेट सम्बोधन हुने

१२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न..

बिर्तामोडमा मनाइयो विश्व क्षयरोग दिवस २०२४

१२ चैत, झापा । झापाको बिर्तामोडमा विश्व क्षयरोग दिवस २०२४ प्रभातफेरी गर्दै मनाइएको छ । स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान बिर्तामोड बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । सो अवसरमा बिर्तामोड स्वास्थ्य शाखा, स्वास्थ्यका कर्मचारी, बिर्तामोड क्षेत्रका अस्पतालहरु समेतको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो । विभिन्न सचेतनामुलक नारा लेखिएका प्ले–कार्डसहितका सहभागीहरुले बिर्तामोड परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो । ‘हो, हामी क्षयरोग..

तराई–मधेसमा आज होली मनाइँदै

१२ चैत । तराई–मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली पर्व मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ..

नेपालले आज आयरल्यान्ड ‘ए’ टीमसँग खेल्दै

१२ चैत । आयरल्यान्ड ‘ए’ टीमसँगको दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी–२० अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र..

गाजामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु

१२ चैत । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाइँ जारी राखेको छ । इजरायलले यसअघि पनि सो अस्पताललाई निसाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमान्ड सेन्टरका रूपमा..

होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई युवाको मृत्यु

१२ चैत, काठमाडौं । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको ढोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस..

आईपीएलः गुजरात टाइटन्सको विजयी सुरुआत

१२ चैत । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा..

प्रधानमन्त्रीले गलहत्याएर कांग्रेसलाई फ्याँके जस्तो अवस्थामा ‘रास्वपा’ नपुग्ने

११ चैत, चितवन । गृहमन्त्री रवी लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि आफूले चालेको कदम नरोक्ने बताएका छन् । जतिसुकै ठूला माछा भएपनि जनताले कारबाही गर्ने म्याण्डेट दिएर पठाएको उनले बताए । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको बताए । होली मनाउन चितवन आइपुगेका रविले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।..