गृहमन्त्रीलाई सांसदले भने– यो आरोपले तपाईंलाई कहिल्यै छोड्ने छैन, जिन्दगीभर लखेट्नेछ

२० चैत । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारीको रकम अनिमियताबारे छानबिनका निम्ति संसदीय समिति बनाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले संसदीय छानबिन समिति बनाएर निष्पक्ष अनुसन्धान नगरिए गृहमन्त्री रवि लामिछानेमाथि जिन्दगीभर ठगीको आरोप लागिरहने बताए । “यो आरोपले तपाईंलाई कहिल्यै छोड्ने छैन, जिन्दगीभर लखेट्नेछ । त्यसकार समिति बनाएर अनुसन्धान तपाईंकै हितमा हुन्छ,” उनले भने । उनले सहकारीबाट गोर्खा मिडियामा ल्याइएको पैसा कसको हो भनी..

ला लिगाको चौथो स्थानमा उक्लियो एथ्लेटिको

२० चैत । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ। सिरेमिक स्टेडियममा सोमबार राति सम्पन्न खेलमा घरेलु टोली भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिकोले स्थान सुधार गरेको हो। एथ्लेटिको जितमा एक्सेल विट्सेल र साउल जिग्गेजले १र१ गोल गरे। भिल्लाको लागि अलेक्जेन्डर सोरलोथको गोल सान्त्वना रह्यो। खेलको नवौँ मिनेटमै एक्सेलले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। उनले रोड्रिगो रिक्वेल्मेको पासमा गोल गरे। तर, ५०औँ मिनेटमा भिल्ला खेलमा..

चर्च ब्वाइजलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

२० चैत, विराटनगर। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई पराजित गर्दै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको शहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वार्टरफाइनल खेलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो। जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ। एपीएपको जितमा प्रदीप लामा र अनीश महर्जनले गोल..

सिरियामा हवाई हमला हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु

२० चैत । सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायत रहेको बीबीसीले जनाएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् । सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इरान र इजरायलबीच यस प्रकारको हत्याको..

आयरल्यान्ड ए माथि नेपालको रोमाञ्चक जित

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २,१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित..

शिक्षामा पर्याप्त लगानी गर्न सरकारसँग सांसदहरुको माग

१९ चैत । राष्ट्रियसभा सदस्यहरूले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । सोमबारको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिए । उनीहरुले सांसदहरूका आफ्नाआफ्ना चाहनाअनुसार बजेट माग गरेपनि प्राथमिकताका आधारमा मात्रै बजेट..

इलाम २ मा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

१९ चैत । सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए । ‘उहाँ इलामका पुराना नेता तथा केन्द्रीय सदस्य हुनुहुन्छ। इलाम २ मा उहाँको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ’, उनले जानकारी दिए । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई..

रोङ प्रतिभाको खोजी गरिने

१९ चैत, इलाम । इलामको रोङ गाउँपालिकाले लुकेर रहेको प्रतिभाहरुको खोजी गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका साहित्य, गायन, नृत्य, क्यारिकेचर जस्ता कला भएका तर बिभिन्न कारणले आफूसँग रहेका कलाहरुलाई बाहिर निकाल्न नसकेका प्रतिभाहरुको खोजी गर्न कार्यपालिकाको बैठकले रोङ प्रतिभाको खोजी निर्देशिका २०८० जारी गरेको छ । लुकेर रहेको कला बाहिर निकाल्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । ‘भनिन्छ आगोके सानो झिल्काले भयावह डढेलो..

रोड्रिगोको गोलमा रियल विजयी

१९ चैत । लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगामा एथलेटिक क्लबलाई पराजित गरेको छ। सान्टियागो बर्नाबेउ स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली रियलले एथलेटिकलाई २–० गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा दुवै गोल रोड्रिगोले गरे। उनले खेलको ८ र ७३औँ मिनेटमा गोल गरेका थिए। जितसँगै शीर्ष स्थानको रियलले ३० खेलबाट ७५ अंक जोडेको छ। पराजित एथलेटिक समान खेलबाट ५६ अंकसहित चौथो स्थानमा छ।

पुनरागमन जितसहित लिभरपुल शीर्ष स्थानमा

१९ चैत । ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा आइतबार सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै घरेलु मैदान लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै लिभरपुलले २९ खेलबाट ६७ अंक जोडेको छ। लिभरपुलले २० खेलमा जित, ७ मा बराबरी र २ मा पराजय बेहोरेको छ। पराजित ब्राइटनको भने समान खेलबाट ४२ अंक छ। ब्राइटन नौँ स्थानमा यथावत रहेको छ। लिभरपुलको जितमा..