इलाम २ मा कांग्रेसको उम्मेद्धवार टुङ्ग्याउन सकसः भेषराजको पक्षमा कोईराला दाजुभाई

२१ चैत्र, इलाम । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र पूर्वमहामन्त्री डा। शशांक कोइराला नातामा दाजुभाइ हुन् तर राजनीतिमा एकअर्काका प्रतिष्पर्धीका रुपमा धेरै नेता कार्यकर्ताले बुझेका छन् । सुशील कोइरालाको निधनपछि उनीहरू दुवै जना एकअर्काका सहयोगी बन्न सकेनन् । पार्टीको १४ औं महाधिवेशनमा कोइराला बन्धु एकै रहन सकेनन् । सभापतिका प्रत्यासी बनेका डा। शेखरलाई डा ।शशांकले सहयोग गरेनन् । त्यो भन्दा अगाडि शशांक महामन्त्री भएका बेलामा डा। शेखरले सहयोग..

उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन आज पनि कांग्रेस बैठक बस्दै

२१ चैत, काठमाडौं । उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । मंगलबार बसेको बैठकले उम्मेदवार चयन गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे संसदीय बोर्ड र अपराह्न ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेस नेताहरुका अनुसार इलाम–२ बझाङ प्रदेश सभा (१) दुबै तिर उम्मेदवारका नामलाई लिएर विवाद..

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

२१ चैत । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्काे नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो । यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो..

गाजामा राहत सामग्री बोकेको टोलीमाथि इजरायलको आक्रमण हुँदा ७ जनाको मृत्यु

२१ चैत । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्‍याएर सहयोग गर्दै आइरहेको संस्था वल्र्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको यो आक्रमणपछि वल्र्ड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ । इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् । खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वल्र्ड सेन्ट्रल..

इलाममा भेषराजलाई टिकट नदिए हारको जिम्मा देउवाले लिनपर्ने कोईराला बन्धुको चेतावनी

२१ चैत्र, इलाम । नेपाली कांग्रेसको संस्थापनइतरका नेता शेखर कोइराला र केन्द्रीय सदस्य शशांक कोइरालाले इलाम(२ मा ‘जित्ने’ उम्मेदवारलाई टिकट दिन सचेत गराएका छन् । उनीहरु दुवैको जोड भेषराज आचार्यलाई उठाउनुपर्छ भन्ने छ । कांग्रेसको संसदीय बोर्ड बैठकमै कोइरालाद्वयले देउवासमक्ष साझा भनाइ राखेका हुन् । महामन्त्री गगन थापाले बैठकबाट निस्केर ‘सभापतिज्यू मान्दै मान्नुहुन्न, तपाईं गएर सम्झाउनुस् न’ भनेर शेखरलाई आग्रह गरेका थिए । सो पश्चात शेखर र शशांकले देउवालाई झक्झक्याएका..

रोनाल्डोको ह्याट्रिकमा अल नासारको फराकिलो जित

२१ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासारले साउदी प्रो लिगमा आभामाथि फराकिलो जित हासिल गरेको छ। प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा अल नासारले घरेलु टोली आभालाई ८–० गोल अन्तरले पराजित गरेको हो। अल नासारको जितमा रोनाल्डोले ह्याट्रिक पूरा गरे। यस्तै, अजिज अल–अलिवाहले दुई गोल गर्दा साडियो माने , ए अल सुलेहिम र अब्दुल रहमान घारीब र अब्दुलको नाममा १र१ गोल रह्यो। खेलको ११औँ..

इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो

२१ चैत्र, इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । भोली चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ..

सशस्त्र प्रहरी दिवशको अवसरमा मुसहर समुदायकी वालिकालाई छात्रावृत्ति

२० चौत्र, झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले गौरीगञ्ज गाउँपालिका ४ की रानी रिषिदेवलाई ए.पि.एफ स्कूलमा कक्षा १० सम्म निशुल्क अध्ययन गर्ने छात्रावृत्ति प्रदान गरेको छ । सशस्त्र प्रहरी दिवश २०८० को अवसरमा स्थानीय स्तरबाट सिफारिस भए बमोजिम मुसहर समुदायकी अतिविपन्न परिवारका बुबा आमा समेत गुमाएकी हाल दिदिभिनाजुसँग बस्दै आएकी गौरीया प्रा. वि.मा कक्षा ३ मा अध्ययनरत रानी रिषिदेवलाई निशुल्क अध्ययन गर्ने छात्रावृत्ति प्रदान गरिएको हो..

एडिडासले जर्मनीको ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने

२० चैत । जर्मन फुटबल महासंघ र एडिडासले ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने भएको छ। महासंघ र एडिडासले ४ र ४४ नम्बर नाजी पार्टीको कुख्यात एसएस अर्धसैनिकको लोगोसँग मिल्दोजुल्दो भएको भन्दै जर्सी बिक्री रोकेको हो। जर्मनीले जुन–जुलाईमा युरोपियन च्याम्पियनसिपको आयोजना गर्नुअघि नयाँ जर्सी लन्च गरेको थियो। उक्त जर्सी गत महिना फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा लगाइएको थियो। लेखिएको ४ र ४४ नम्बरको आलोचना भएपछि एडिडासले सोमबार सबै जर्सी फिर्ता लिने..

बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा

२० चैत । नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ । नेपाल, भारत र..