बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमायो

१९ चैत । इङ्ग्लिस प्रिमियर लिगका दुई उपाधि दावेदार आर्सनल र म्यानचेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन्। इतिहात स्टेडियमा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली सिटी र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमाएको। यसको फाइदा भने लिभरपुलले उठाएको छ। आइतबार नै सम्पन्न खेलमा ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै..

आरिफको उत्कृष्ट अर्धशतकसँगै नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य

१९ चैत । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज..

सुनको भाउले फेरि इतिहास रच्यो

१९ चैत । आज सोमबार पनि सुनको भाउले इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको..

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

१९ चैत । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले जनाएको छ । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका..

वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्न सत्तारुढ दलहरुबीच सहमति

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो । प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच..

बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा

१९ चैत, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार..

‘इष्टर सण्डे’ को अवसरमा दमक नगर सरसफाई

१९ चैत, झापा । यशु ख्रीष्ट पुनरुत्थान दिवस (इष्टर सण्डे) को अवसर पारेर आज शोमबार झापाको दमकमा इसाई धर्मालम्वीहरुले दमक नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । दमक नगर इसाई समाजले आयोजना गरेको ख्रीष्ट पुनरुत्थान दिवसमा सोमबार विहान दमक बस पार्कसहित विभिन्न स्थानमा सरसफाई गरिएको छ । बसपार्कमा एक संक्षिप्त कार्यक्रमबीच दमक नगर सरसफाईको शुभारम्भ गरिएको थियो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टिर आकाश थुलुङ राईको अध्यक्षतामा र दमक–६..

अस्कलमा अखिल र क्रान्तिकारीका विद्यार्थीबीच झडप

१९ चैत, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । आइतबार साँझ भएको झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा छन् । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए..

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण उपलब्धिमुलक

१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास..

कराते खेलाडी एरिकाले अमेरिकामा जितिन् १ स्वर्ण र १ रजत

१९ चैत । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू–२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९–० ले पराजित गरेकी थिइन् । यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी..