समाचार
प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले काठमाडौँमा गरे एकल प्रदर्शन
२० चैत । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका हुन् । ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा गरेका छन् । मेयर सम्पाङले आफ्नो एक्समार्फत एकल प्रदर्शन गरेको जनाएका छन् ।
माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ
२० चैत, काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो। कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको खाममाथि आरोप छ । उनी शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको कमान्डर थिए । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
लगानीका लागि बाधक ऐन सुधार गर्ने अर्थमन्त्री पुनको बिश्वास
२० चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो । लगानी..
सबै प्रदेशमा आलोपालो, ११ महिनामै मुख्यमन्त्री हेरफेर
२० चैत । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ । प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु दलसँग छलफल गरेका थिए..
नेपाल वायुसेवा निगममा देखिएको अनियमितता अन्त्य गर्न दृढ छु : मन्त्री तामाङ
२० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री तामाङले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताए । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए..
अभियन्ता गिरीसहित पाँच जनालाई ‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान’
२० चैत, झापा । सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीसहित पाँच जना श्रष्टा ‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८०’ बाट सम्मानित हुने भएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै सम्मान कार्यक्रमबारे गोर्खा फाउण्डेशन तथा प्रथम बिशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८० ले जानकारी गराएको हो । फाउण्डेशनका अनुसार सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, अन्टाक्र्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा र सहकारीसँगै..
मेयर साम्पाङले प्रधानमन्त्रीसँग राखे विभिन्न माग
२० चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ । भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिएका छन् ।
एक वर्षभित्र लोक सेवा आयोगका ७ परीक्षा उत्तीर्ण गरेकी दमककी मोबिना खातुन
२० चैत, झापा । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैङ्क राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८र७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । लोक सेवा परीक्षाका लागि तयारी गर्दा यति धेरै परीक्षामा नाम निस्केला भन्ने..
बिर्तामोडमा मनाइयो ‘विश्व अटिजम सचेतना दिवस’
२० चैत, झापा । अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो । अटिजम बारे सचेतना जगाउने र यसको बारेमा अधिकतम् मानिसहरुमा जानकारी दिने उद्धेश्यले र्यालीसहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । हनुमान कम्प्लेक्सबाट शुरु भएको र्याली वान स्टप मलबाट पूर्वमा पुरानो इलाका प्रहरी कार्यालयबाट पुनः..
निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाए स्पष्टीकरण
२० चैत । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन् । प्राधिकरणले गत चैत १३ गते २७ बुँदामा सातदिने स्पष्टीकरण सोधेको थियो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले हिजो (सोमबार) स्पष्टीकरणसहितको पत्र बुझाएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । निगमका कार्यकारी अध्यक्षले पठाएको पत्रको अध्ययन गरेर थप निर्णय गर्ने सहप्रवक्ता भुलले बताए । “हिजो (सोमबार) स्पष्टीकरण पत्र आएको छ । चित्तबुझ्दो..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७