गृहमन्त्री लामिछानेलाई राजीनामा दिन कांग्रेस नेता सिंहको सुझाव

२८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारीको रकम अपचलनको विषयमा प्रश्न उठेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा उनले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताए । बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा..

काठमाडौँ विश्वकै प्रदूषित सहर

२८ चैत । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो । विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ । काठमाडौँपछि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर रहेको छ । त्यस्तै, बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ । पाँचौँ स्थानमा इराकको..

विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह

२८ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ..

लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याइने

२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीति निर्माणमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताए । ‘निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको सङ्कल्पको स्वागत गर्छु, समृद्धिका लागि सरकार दृढ छ’ उनले भने ‘मुलुकमा निजी क्षेत्र र सरकारी लगानीको खाँचो छ, लगानी भित्र्याउन स्रोत, सोच,..

च्याम्पियन्स लिगमा सिटी र रियलको रोमाञ्चक बराबरी

२८ चैत । साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३–३ को बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकियो । बर्नार्डाे शिल्भाले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए पनि सिटीकै रुबेन डियाजको आतमघाती गोलमा १२औं मिनेटमा रियलले खेल बराबरी गरेको थियो ।..

दमकमा आगलागीबाट २ करोड ४८ लाख ३० हजार बराबरको क्षति

२८ चैत, झापा । झापाको दमकमा भएको आगलागीबाट २ करोड ४८ लाख ३० हजार बराबरको क्षति भएको छ । प्रहरीको प्रारम्भिक क्षति संकलनबाट सो क्षति देखिएको हो । मंगलबार साँझ अन्दाजी साढे सात बजेको समयमा दमक नगरपालिका वडा न.५ लाईफलाईन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा संचालन गरेको स्नेहा होटलमा इन्भर्टरको लाईन सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट धिमालको काठ, टिनको बेरा र टिनकै छानो भएको एकतले घर,..

भारतको उत्तराखण्डमा गाडी सडकबाट १५० मिटर तल खस्दा ७ नेपालीको मृत्यु

२७ चैत । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो । दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा सक्रिय भएको थियो । उध्दार टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेका थिए ।..

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा दुई दिन सार्वजनिक बिदा

२७ चैत । उपनिर्वाचन हुने प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ–१ ‘क’मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा दुई दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्र पठाउने निर्णय गरिएको उल्लेख छ । आयोगले निर्वाचन व्यवस्थापनका लागि आउँदो वैशाख १३ र १४ गते बिदा दिनुपर्ने माग गरेको हो । “उपनिर्वाचनका लागि मतदान..

दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता हुदै

२७ चैत । झापाको दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । दमक १ भाङबारीस्थित स्पा एनि फुटसलको खेल मैदानमा नयाँ वर्षको अवसर पारेर बैशाख १ गते एक दिने प्रतियोगिता हुने भएको हो। विभिन्न क्षेत्रमा आबद्ध युवाहरु मिलेर सुरु गरेको गुरु टोली समूहले आयोजना गर्ने प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ । विभिन्न सामाजिक कार्य गर्दै आइरहेको टोलीले फुटसल प्रतियोगिता भने पहिलो पटक आयोजना गर्न लागेको खेल संयोजक..

४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्दै राप्रपाले गर्यो काठमाडौँमा प्रदर्शन

२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ । त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण गर्न सामान्य लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा..