समाचार
गठबन्धन तोड्न कांग्रेसले लामिछानेमाथि प्रश्न उठाएको प्रधानमन्त्री प्रचण्डको आरोप
२९ चैत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन्। आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको अथ्र्याए । उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन..
आज मुस्लिम धर्मावलम्बीहरूले ईद मनाउँदै
२९ चैत । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा..
पौडी खेल्ने क्रममा दूधकोशी नदीमा डुबेर २ जनाको मृत्यु
२९ चैत । भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए। दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।
च्याम्पियन्स लिगः बोरुसिया डर्टमन्ड एट्लेटिको मड्रिडसँग पराजित
२९ चैत । स्पेनिस क्लब एट्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ। सिविटास मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली एट्लेटिकोले डर्टमन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो। एट्लेटिकोको जितमा आर डी पल र लिनोले १र१ गोल गरे। डर्टमन्टका सेबास्टियन हलरले १ गोल फर्काए। खेलको चौथो मिनेटमै पलले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ३२औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दे लिनोले अग्रता दोब्बर..
च्याम्पियन्स लिगः पीएसजीविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित
२९ चैत । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ। पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली पीएसजीविरुद्ध ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो। पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले २ रआन्द्रेस क्रिस्टेन्सनले १ गोल गरे। पीएसजीको लागि औसमाने डेम्बेले र भिटिन्हाले १,१ गोल गरे। खेलको ३७औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। तर,..
एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस
२८ चैत । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख तोक्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो । २०७४ सालमा गठन भएको आयोगको प्रतिवेदन हाल आएर मात्रै सार्वजनिक गरिएको हो । प्रतिवेदनमा ३५ लाख बाहेक अन्य शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा लिन नपाइने..
ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण
२८ चैत । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । ७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट करिब साढे ६ हजार परीक्षार्थी उत्र्तीण भएका हुन् । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुनेछन्..
कोशी प्रदेशसभाको अधिवेशन वैशाख ६ गतेका लागि आह्वान
२८ चैत, विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले वैशाख ६ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेश सभाको सम्पूर्ण सदस्यको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको चैत १६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।
कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ
२८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । एमाले संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।
कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाउन एमालेको माग
२८ चैत । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्ताैलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन् । उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७