समाचार
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित
२८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् ।..
अर्जुनधारामा सहनशिल महिला साकोसको दुई दिने सहकारी शिक्षा तालिम सम्पन्न
२८ चैत, झापा । झापाको अर्जुनधारा–८ स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आयोजित दुई दिने सहकारी शिक्षा तालिम कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संस्थामा आबद्ध शेयर सदस्यहरुलाई सहकारीका विभिन्न निती बारे जानकारी गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले जानकारी दिनुभयो । सहजकर्ता बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व अधिकृत डिल्ली दाहालले सहजिकरण गरेको तालिममा ५५ जना शेयर सदस्यको सहभागिता रहेको बताइएको छ..
इलाम–२ उपनिर्वाचनमा परिवार दलले सुहाङ नेम्वाङलाई समर्थन गर्ने
२८ चैत । आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गर्दै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका हुन्। परिवार दलले २०७४ को निर्वाचनबाटै नेकपा एमालेलाई समर्थन गर्दै आएको थियो। दलले एमालेको निर्वाचन चिन्हबाट उम्मेदवारी दिँदै..
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन प्रक्रिया सुरू
२८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरू भएको छ । जारी बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले) का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराए । बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ । सभाका उपाध्यक्ष उर्मीला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो ।
वैशाख २ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित
२८ चैत । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि आगामी वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा कांग्रेसले अवरोध गरेपछि सभामुखले दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूलाई बोल्न समयको व्यवस्था गरेका थिए । विशेष समयमा सांसदहरूले बोलिसकेपछि सभामुखले शून्य समयको कार्यक्रम अगाडि बढाए । त्यसपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरेका हुन् । विपक्षी दलको अवरोधपछि..
इदको अवसरमा भालि सार्वजनिक बिदा
२८ चैत, काठमाडौं । सरकारले भोलि सार्वजनिकबिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँंगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको..
पूर्व मन्त्री, प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न कांग्रेस महामन्त्री थापाको माग
२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् । ‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंमा आयोजित..
गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा छानबिनका लागि बाटो खोल्नुपर्छः लिङदेन
२८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा छानबिनका लागि बाटो खोल्नुपर्ने बताएका छन्। राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनपछिको कोण सभामा बोल्दै लिङ्देनले सहकारी प्रकरणमा लामिछानेमाथि प्रश्न उठेकोले छानबिनका लागि बाटो खोल्नुपर्ने बताए। ‘सुशासनको कुरा अरूलाई मात्र लागू हुने तपाईंलाई लागू नहुने भन्ने कुरा हुन्न गृहमन्त्रीजी, सहकारीको विषयमा देशले प्रश्न उठाइराखेको छ, तपाईंले सफाइ दिनु पर्दैन र,’ लिङ्देनले भने, ‘तपाईंले छानबिनका..
लागुऔषध सहित काठमाडौँबाट दुई महिला पक्राउ
२८ चैत । प्रहरीले लागुऔषध सहित काठमाडौँको सिनामंगल स्थित सुकुम्वासी बस्तीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत छन् । काठमाडौँ महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । उनको साथबाट प्रहरीले ६ हजार नगद बरामद गरेको..
नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उमेरमा निधन
२८ चैत । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको निधन भएको छ । ८ अप्रिलमा ९४ वर्षको उमेरमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले बताएको छ । हिग्सले ५० वर्षसम्म एडिनबर्ग विश्वविद्यालयमा अध्यापन गराएका थिए । हिग्सको दृष्टि र कल्पनाले नै मानव जातिले यो ब्रम्हान्डबारे आफ्नो ज्ञान समृद्ध गर्न सकेको विश्वविद्यालयले बताएको छ । उनले गड पार्टिकल खोजेका थिए । यसले बिग ब्याङ पछि ब्रह्माण्डको सृष्टि कसरी भयो भन्ने बुझाउन..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७