मेचीनगरको इटाभट्टामा फर्निचर महोत्सव हुँदै

३० चैत । ब्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेचीनगरको इटाभट्टामा सञ्चालित धनेश्वर फर्निचर उद्योगले झापामा पहिलो पटक फर्निचर महोत्सव गर्ने भएको छ ।

मेचीनगर-७ इटाभट्टामा १२ वर्षयता संचालनमा आएको उद्योगले जिल्लामै पहिलो पटक फर्निचर महोत्सवको तयारी गरिएको बिहीबार पत्रकारसमक्ष जानकारी गराएको छ ।

फर्निचर महोत्सवमा २५ देखि ३० प्रतिशत छुटको ब्यवस्थासँगै मेचीनगरभित्र ढुवानी सेवा दिइने धनेश्वर फर्निचर उद्योगका प्रोपाइटर मुना मण्डलले जानकारी दिए ।

उनका अनुसार आफ्नो उद्योगमा निर्मित सबै फर्निचर गुणस्तरीय भरपर्दो तथा १० वर्ष ग्यारेन्टी दिइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएपछि फर्निचर उद्योग दर्ता गरी मण्डलले ब्यवसाय संचालन सुरु गरेका थिए । २०८१ साल बैशाख ३ देखि १८ गते सम्म १५ दिन महोत्सव लगाइने सहयोगी प्रकाश खापुङले जानकारी दिए ।

उक्त उद्योगमा हाल १२ जनालाई रोजगारी दिन सफल भएको छ । १ करोडबढी कारोबार गर्ने योजना रहेको खापुङको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270