चाँदीको मूल्यले बनायो नयाँ ‘रेकर्ड’

चाँदीको मूल्यले बनायो नयाँ ‘रेकर्ड’

३० चैत । स्थानीय बजारमा चाँदीको मूल्यले नयाँ ‘रेकर्ड’ बनाएको छ । बिहीबार एक हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ बढेर एक हजार ७५० रुपैयाँमा कारोबार भएको हो ।

शुक्रबारको चाँदीको मूल्य हालसम्मकै उच्च हो । पछिल्लोसमय सुनको मूल्यसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर