रुसमा १० हजार बढी घर डुबानमा

२७ चैत । रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४०० भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमबार यसबारेमा जानकारी गराएको हो । गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा ६ हजार १०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएको छ । ३३ हजार मानिसहरूका लागि ३३ अस्थायी आवास केन्द्रहरू तैनाथ गरिएको छ । ओरेनबर्ग क्षेत्रीय सरकारले बाढी अप्रिल १० मा अझै बढ्ने अनुमान..

बिर्तामोडमा मोटरसाइकल चेरेर लैजादै गरेको अवस्थामा युवक पक्राउ

२७ चैत, झापा । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ९ निवासी १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले..

सुकेडाँगीमा घाँस झार्न रुखमा चढेका राईको लडेर मृत्यु

२७ चैत, झापा । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा घाँस झार्न रुखमा चढेका एक जनाको लडेर मृत्यु भएको छ । स्थानीय ५२ बर्षिय चेतबहादुर राई सिरिसको रुखमा घाँस झार्न चढ्दा आईतबार साँझ साढे ५ बजेको समयमा रुखबाट झरेर घाईते हुनुभएको थियो । घाईते राईको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएकोमा थप उपचार गर्न अन्यत्र लैजानुपर्ने भएकोले घाईते राईलाई परिवारले जिम्मा बुझेर ल्याउदा घरमै सोही दिन राती साढे ८..

रोनाल्डोले रेड कार्ड पाएको खेलमा अल-नासार पराजित

२७ चैत । अल–नासारलाई पराजित गर्दै अल–हिलाल साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ। मोहम्मद बिन जायद स्टेडियममा सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो। हिलालको जितमा अल–डावसरी र माल्कमले गोल गरे। नासरको लागि साडियो मानेले १ गोल फर्काए। खेलको ६१औँ मिनेटमा डावसरीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ७२औँ मिनेटमा माल्कमले अग्रता दोब्बर बनाए। ८६औँ मिनेटमा नासारका कप्तान क्रिस्टियानो रोनाल्डो..

कोशी कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

२७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भुपेन्द्र राई थिए । उनले सो पद त्यागेपछि तामाङ मनोनीत भएका हुन् ।

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा गगन र कृष्ण सिटौला

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् । सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिंडेका हुन् । प्रतिनिधि..

रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार

२६ चैत, काठमाडौं । रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी ज्यान बचाएका हुन् । गत चैत्र ३ गते बिहान रुखबाट घाँस काट्ने क्रममा उनी झरेका थिए । बाह्य चोट नदेखिए पनि शरीरको भित्री भाग छातीमा अत्याधिक पिडा भएपछि उनलाई परीवारले स्वास्थ्य चौकी लगी..

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर

२६ चैत, काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका हुन् । आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दैउनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । सजाय निर्धारणका लागि वैशाख..

ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन

२६ चैत, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताउनु भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ..

आर्थिक वर्षको बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

२६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताएका हुन् । सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै..