प्रतिनिधि सभाको बैठक भोलिका लागि स्थगित

२७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि, बुधबारसम्मका लागि स्थगित भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति..

राप्रपाद्वरा गृहमन्त्री लामिछानेको राजीनामा माग

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् । ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले..

एमाले र माओवादीको मुख्‍यमन्त्री कार्कीलाइ खबरदारीः दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह

२७ चैत, विराटनगर । सोमबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दलले नयाँ कार्यक्रम स्विकृत नगर्न, योजना काट्न र कर्मचारीको सरुवा नगर्न आग्रह गरेको हो । अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने काम गर्न नहुने नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । पत्रकार सम्मेलनमा उनले कोशी प्रदेशका..

राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक मकैखेतीमा आकर्षित हुँदै झापाका किसान

२७ चैत, झापा । जिल्लाको सबैभन्दा बढी मकैखेती हुने झापा गाउँपालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् । झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो..

छोराको उद्धारको पर्खाईमा बिर्तामोडका खनाल परिवार

२७ चैत, झापा । झापा बिर्तामोड –२ बेलडाँगी दक्षिण सुकुम्बासी वस्तीका २३ वर्षीय रविन खनालको तत्काल उद्धार गरिदिन परिवारले आग्रह गरेको छ । एक सातादेखि छोराले मानसिक सन्तुल गुमाएको भन्दै उनका बुबा भोगेन्द्र खनालले उद्धार गरिदिन आग्रह गरेका हुन् । दुई महिनाअघि साउदी अरवस्थित सफारी कम्पनी पुगेका खनाल चैत १८ गतेदखी मानसिक सन्तुलन गुमाएको उनका काका रेवती खनालले जानकारी दिए । मानसिक सन्तुलनमा समस्या आएपछि उनको रेखदेख साथीहरुले गरिरहेको बुझिएको..

कैलालीमा दिदीबहिनी मृत भेटिए

२७ चैत, धनगढी । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा..

बिमला घिमिरेले गराइन् राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी दर्ता

२७ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति नेकपा (एमाले)की विमला घिमिरेले उमेदवारी दिएकी छन् । मंगलबार उनले सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी हुन् । संघीय संसद् सचिवालयले उनको मनोनयनपत्र दर्ता गरेको छ । घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ..

राप्रपाको प्रदर्शनमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गरेर प्रहरीले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदर्शनका क्रममा घुसपैठ हुन सक्ने भन्दै उच्च सुरक्षा अपनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए । प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त कमान्ड पोस्ट राखिएको छ । ‘हामीले शान्तिपूर्ण रूपमा हुने प्रदर्शनमा कुनै बल प्रयोग गर्दैनौँ । तर, प्रहरीमाथि नै आक्रमण..

सहकारी मुद्दामा पछि नहट्ने देउवाको अडान

२७ चैत । नेपाली कांग्रेसले सहकारी पीडितको मुद्दा संगठित रूपमा उठाउने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दामा पछि हट्नुपर्ने कारण नभएको बताएका छन् । सभापतिको भनाइसँगै नेपाली कांग्रेस थप सक्रिय रूपमा सहकारी पीडितका पक्षमा उभिने निश्चित भएको संसदीय दलको बैठकमा सहभागी एक नेताले जानकारी दिए । “यति धेरै जनता सहकारीबाट ठगिएका छन्, पर्याप्त कानुन पनि छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने,..

आज फेरी बढ्यो सुनको मूल्य

२७ चैत । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो । छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज..