समाचार
भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने प्रस्ताव
२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भन्सार महसुल छुटमा आयात भएका सवारी साधन २० वर्षसम्म बिक्री र नामसारी गर्न नदिने प्रस्ताव गरेकी छन् । भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा उनले यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेकी हुन् । भन्सार महसुल छुटमा आयात भएको सवारी साधन कसैले २० वर्ष अगावै बिक्री, नामसारी र हक हस्तान्तरण गरे पूरै महसुल तिर्नुपर्ने व्यवस्था राख्नुपर्ने उनको प्रस्ताव छ । सांसद गौतमले..
अवैध धन्दाका लागि युवतीलाई श्रीलंका पुर्याउने एजेन्ट गाउँपालिकाकै अध्यक्ष
२९ चैत । भारतमा रोजगारीको अवसर देखाउँदै प्रलोभनमा पारेर नेपाली युवतीहरूलाई अवैध धन्दामा लाग्न बाध्य घटना सामान्य बन्दै गएका छन् । तर, पछिल्लो समय दलालहरूले भारत हुँदै तेस्रो मुलुकमासमेत नेपाली युवतीहरूलाई अवैध धन्दाकै लागि पठाउने गरेको खुलेको छ । कुवेतमा घरायसी कामका लागि रोजगारीको अवसर देखाउँदै श्रीलंका पुर्याएर यौन धन्दामा लगाउने गरेको तथ्य खुलेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्याएर यौन धन्दामा लगाएको आरोपमा एक..
कृषि क्षेत्रमा प्रगति गर्दै बिर्तामोड
२९ चैत, झापा । स्थानीय तहको पहिलो निर्वाचनपछि बिर्तामोड नगरपालिकाले विभिन्न क्षेत्रहरुमध्ये कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएको कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । उहाँका अनुसार निर्वाचनपछि जनप्रतिनिधिहरुले कृषिलाई हेरेको सकारात्मक दृष्टिकै कारण बिर्तामोडले कृषि क्षेत्रमा प्रगति हासिल गरिरहेको छ । सुरुवाती चरण मै नगर क्षेत्रका कृषियोग्य जमिनमा अनिवार्य सिँचाई सुविधा पुर्याउने र पूर्वकै ठुलो बजार बिर्तामोडलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सँगै किसानलाई नियमित आइपर्ने..
मोरङको रतुवामाईमा सशस्त्र प्रहरीमाथि सीमामा आक्रमण
२९ चैत । मोरङको रतुवामाई नगरपालिका–१ सोनापुर स्थित सीमा नाकामा भारतबाट भन्सार छलेर सामाग्री ल्याउने कारोबारी समुहको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार घाईते भएका छन् । बिहीबार बिहान ५ बजे प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगाबाट गस्तीमा खटिएको टोलिमाथि कारोबारी समुहले ढुंगा प्रहार गर्दा सशस्त्र प्रहरी हवल्दार युवराज तामाङ घाईते भएका हुन् । प्रहरीको चारजनाको संख्यामा रहेको गस्ती टोलिमाथि सीमा सुरक्षा गुल्म बरडंगाबाट ७०० मिटर पूर्व सीमा क्षेत्रमा आक्रमण गरिएको थियो ।..
इलाम २ उपचुनाव : एकजनाको उम्मेद्वारी फिर्ता
२९ चैत । इलाम २ को उपचुनावमा पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् । यस्तै अन्य स्वतन्त्र उम्मेद्वार अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगका अनुसार २० जना उम्मेद्वार मध्ये स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईले उम्मेद्वारी फिर्ता गरेपछि १९ जना उम्मेदवार छन्। ..
रुसद्वरा युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार
२९ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधवार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताएका छन् । रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उनले असन्तुष्टि व्यक्त गरेका छन् । यी आक्रमणबाट..
आगामी बजेट उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने गरी ल्याइने
२९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेकपा (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी..
हल्दिबारीका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध जातीय भेदभाव कसुरमा उजुरी दर्ता
२९ चैत, झापा । नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय विभेद भएको भन्दै उजुरी दिएका छन् । अग्रज दलित अभियान्ता समेत रहेका पोर्तेलले हद्यिलवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध उजुरी दिएका हुन् । गिरी विरुद्ध पोर्तेलले आज इलाका प्रहरी कार्यालय अनारमनीमा जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार उजुरी दिएको बताए । घटना विवरण अनुसार गत १८..
दमक र भद्रपुरमा झुण्डीएको अवस्थामा दुई जना फेला
२९ चैत, झापा । झापाको दमक र भद्रपुरमा झुण्डीएको अवस्थामा एक–एक जना मृत फेला परेका छन् । झापा दमक नगरपालिका–९ स्थित चिया बगानमा झुण्डीएको अवस्थामा दमक–५ का गणेश अधिकारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उनको शव बिहिवार बिहान करिब पाउने ५ बजे चिया बारीको रुखमा झुण्डीएको अवस्थामा फेला परेको बताईको छ । त्यस्तै भद्रपुर नगरपालिका–६ मानपुरमा एक यवती मृत फेला परेकी छिन्..
मृत्युदण्डको सङ्घारमा भियतनामकी अर्बपति महिला
२९ चैत । भियतनाममा चलिरहेको एक मुद्दाले यतिबेला विश्वको ध्यान खिचेको छ । यसलाई विश्वकै चर्चित बैंक ठगीको घटना भनिँदैछ । हो ची मिन सहरको अदालतमा ६७ वर्षीया पोपर्टी डेभलपरलाई उपस्थित गराइएको थियो । उनीमाथि भियतनामको सबैभन्दा ठुलो बैंकलाई ११ वर्षको अवधिमा खर्बाैँ रुपैयाँ बराबरको ठगी गरेको आरोप छ । ट्रुओङ माई लानमाथि साइगोन कमर्सियल बैंकबाट ऋणका रूपमा ४४ अर्ब डलर लिएको आरोप लगाइएको छ । यसमध्ये २७ अर्ब रुपैयाँ..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७