समाचार
बिर्तामोडमा प्रतिबन्धित लागूऔषधसहित होटल कामदार पक्राउ
४ बैशाख, झापा । झापाको बिर्तामोड बसपार्कमा प्रतिबन्धित लागूऔषधसहित एक होटल कामदार पक्राउ परेका छन् । सोमबार दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो..
रौतहट नाकाबाट २४ लाख भन्दा बढीको अवैध सामान बरामद
४ बैशाख । प्रहरी गस्ती टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता कपडा, किराना खाद्यन्ह, पशु चौपाया र बन बाट ल्याएको अवैध काठ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा..
बैशाख ७ देखि ‘छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता’
३ बैशाख, झापा । दमक –लखनपुर भेट्रान क्लवको आयोजनामा यहि बैशाख ७ गतेदेखि शुरु हुने छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । बैशाख ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लवले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने सो प्रतियोगितामा पूर्वका चर्चित १८ टिमको सहभागिता रहने जनाईएको..
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
३ बैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङविरुद्ध फराकिलो जित हासिल गरेको नेपालले एक खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक बटुलेको छ । समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । आजै भएको खेलमा कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो । साउदी अरब, कतार र हङकङले तीन–तीन खेलेर एक..
एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित
३ बैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले..
बिना जानकारी विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन
३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् । उनले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताए । ‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ । पछि..
एक करोड पुग्यो नेपाल पत्रकार महासङ्घ झापा ‘उपचार कोष’को राशि
३ बैशाख, झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । महासङ्घको आफ्नै कोषबाट रु चार लाख र..
अर्जुनधाराका दुई जना स्रष्टालाई ‘दीर्घ साहित्य साधना सम्मान–२०८०’ प्रदान
३ बैशाख, झापा । झापाको अर्जुनधारा नगरपालिकाले त्यहाँका दुई जना स्रष्टालाई दीर्घ साहित्य साधना सम्मान–२०८० प्रदान गरेको छ । नगरपालिकाले एक समारोहकाबीच प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य सम्मान–२०७९ बाट अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० बाट अर्जुनधारा–११ का संगीत साधक हस्त परियारलाई जनही रु. ५१ हजार नगदसहित सम्मान गरेको हो । सम्मानित व्यक्तित्व परियारको परिचय साहित्यकार केशव आचार्य र थापाको परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा..
राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु
३ बैशाख । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको थियो । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा..
वैवाहिक बलात्कार आरोपका दोषी पूर्वन्यायाधीश गिरीले गरे आत्मसमर्पण
३ वैशाख, काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । सर्वाेच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७